ताजा समाचार

सप्तरीको सुरुङ्गा नगरपालिकाका एक दलित गरिब परिवारले पाँचौ तहमा नाम निकाले , अधिकृत द्धारा शुभकामना

  • फागुन २१, २०७६
  • १४१६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय बिश्वकर्मा , लहान २१ , फाल्गुन । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. – ४ कनकपुरका घुरन रामका छोरा २३ बर्षिय गोपीलाल रामले लोकसेवा आयोगको पाँचौ तहमा नाम निकालेका छन । गरिब परिबारका राम बितेको सोमबार बारा जिल्लाको फेटा गाउँपालिकाका लागी लोकसेवा आयोगबाट सव ओभरसियर पदमा सिफारिस भएको हो । तिन दाजु भाईमा आफु माईलो रहेको जेठे दाई बिदेश गएको , कान्छो १० मा अध्ययन गरिरहेको रामले बताए । बुवा सामान्य साक्षर र आमा निरक्षर रहेको जग्गा जमिन पनी खासै नरहेको उनले भने । आर्थिक अबस्था कमजोर भएको राम ८ कक्षा सम्म आफनो पढाई कमजोर रहेको भन्दै उनले भने कक्षा ९ र १० मा म मेहनत गरेर लहानको जिबिस स्कुलमा पढे ।, ‘एसएलसी उत्तिर्ण गरेर लहान टेक्निकल बाट सब ओभरसियर पढेर नाम निकालेका छन । प्राबिधिक शिक्षालयमा पढदा प्रथम र दृत्य हुदै आएको थिए , एकै पटकमा प्राबिधिक शिक्षालयको पढाई पुरा गरेको उनले बताए । संघर्ष गर्याे भने जस्तोसुकै समाजमा हुर्के पनी सफलता हासिल गर्न सकिन्छ ।, म गाउँबाट नै पढन जान्थे हाम्रो दलित समाजको बाताबरण थहै छ अधिकांश रातीमा रक्सी खाने हो– हल्ला गर्ने , त्यस्ता समाजमा बसेर पनि मेहनत गर्याे भने नाम निकाल्न सकिन्छ उनले भने । यसैबिच सुरुङ्गा नगरपालकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश दहालले स्थानिय नगरबासी भएकोले उनलाई बधाई तथा शुभकामना दिएका छन । पढने बिधार्थीलाई गरिबी र जस्तोसुकै समाजले छेक्न र रोक्न सक्दैन भन्ने उदाहरणीय गोपीलाल बनेको दहालले बताए । कार्यक्षेत्रमा काम गर्न जाँदा ईमान्दारीका साथ सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिन, काम काज गर्न उनले शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤