सप्तरीको सुरुङ्गा नगरपालिकाका एक दलित गरिब परिवारले पाँचौ तहमा नाम निकाले , अधिकृत द्धारा शुभकामना

  • फागुन २१, २०७६
  • १३०७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय बिश्वकर्मा , लहान २१ , फाल्गुन । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. – ४ कनकपुरका घुरन रामका छोरा २३ बर्षिय गोपीलाल रामले लोकसेवा आयोगको पाँचौ तहमा नाम निकालेका छन । गरिब परिबारका राम बितेको सोमबार बारा जिल्लाको फेटा गाउँपालिकाका लागी लोकसेवा आयोगबाट सव ओभरसियर पदमा सिफारिस भएको हो । तिन दाजु भाईमा आफु माईलो रहेको जेठे दाई बिदेश गएको , कान्छो १० मा अध्ययन गरिरहेको रामले बताए । बुवा सामान्य साक्षर र आमा निरक्षर रहेको जग्गा जमिन पनी खासै नरहेको उनले भने । आर्थिक अबस्था कमजोर भएको राम ८ कक्षा सम्म आफनो पढाई कमजोर रहेको भन्दै उनले भने कक्षा ९ र १० मा म मेहनत गरेर लहानको जिबिस स्कुलमा पढे ।, ‘एसएलसी उत्तिर्ण गरेर लहान टेक्निकल बाट सब ओभरसियर पढेर नाम निकालेका छन । प्राबिधिक शिक्षालयमा पढदा प्रथम र दृत्य हुदै आएको थिए , एकै पटकमा प्राबिधिक शिक्षालयको पढाई पुरा गरेको उनले बताए । संघर्ष गर्याे भने जस्तोसुकै समाजमा हुर्के पनी सफलता हासिल गर्न सकिन्छ ।, म गाउँबाट नै पढन जान्थे हाम्रो दलित समाजको बाताबरण थहै छ अधिकांश रातीमा रक्सी खाने हो– हल्ला गर्ने , त्यस्ता समाजमा बसेर पनि मेहनत गर्याे भने नाम निकाल्न सकिन्छ उनले भने । यसैबिच सुरुङ्गा नगरपालकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश दहालले स्थानिय नगरबासी भएकोले उनलाई बधाई तथा शुभकामना दिएका छन । पढने बिधार्थीलाई गरिबी र जस्तोसुकै समाजले छेक्न र रोक्न सक्दैन भन्ने उदाहरणीय गोपीलाल बनेको दहालले बताए । कार्यक्षेत्रमा काम गर्न जाँदा ईमान्दारीका साथ सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिन, काम काज गर्न उनले शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

नवराजपुरमा एनसीसी क् ...

रहमुल, लहान ६ पुस । सिरहाको नवराजपुर गाउँपालिका वडा न.४ स्थित जनता नमुना प्राविधिक धार माध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१