सिरहमा बसलाई अभरटेक गर्न खोज्दा किचिएर मोटरसाइकल चालकको ज्यान गयो

  • फागुन २१, २०७६
  • १५६८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा, फागुन २१ गते । बसलाई अभरटेक गरेर अगाडी बढ्न खोज्दा सिरहामा एक मोटरसाइकल चालकको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाकोे गोलबजनर नगरपालिका ४ स्थित जनकचोकमा यात्रुबाहक बसले किच्दा मोटरसाइल चालक लहान १९ का मोहमद लुतफूर रहमानको ज्यान गएको हो । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना.४ ख ४२६५ नम्बरको बसलाई अभरटेक गरेर अगाडी बढ्न खोज्दा विपरीत दिाशाट आउँदै गरेको अर्को मोटरसाइकलमा ठोक्किएर लडेपछि बसले किचेको थियो । रहमानको घटनास्थलमै ज्यान गएको सिरहा प्रहरीले जनाएको छ ।

उनी चलाइरहेका को. ४ प २०९८ नम्बरको मोटरसाइल अभरटेक गर्ने क्रममा विपरित दिशाबाट आइरहेको बा. ३१ ब ९८८३ नम्बरका मोटरसाइकलसंग ठोक्किएर लडेका थिए । पछाडिबाट आइरहेको ना.४ ख ४२६५ नम्बरको बसले रहमानको घटनास्थलमै मृत्यु भएको छ भने अर्का मोटरसाइकल चालक आरजु कुमार राई घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजरमा प्रमुख इन्सपेक्टर जनक पुरीले जानकारी दिए । उनको गोलबजारस्थित भूमिजा हस्पिटमा उपचार भइरहेको छ । बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय गोलबजरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी ज्यान मुद्दामा ...

ओम प्रकाश यादव लहान जेठ २० । सवारी ज्यान मुद्दामा मिलाइदिने प्रलोभन देखाउँदै रु. १ लाख ७० हजार ठगी ग ...

कलैया यातायातका प्रम ...

रंजित चौरसिया,वीरगंज २० जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराका भ्रष्टाचार सन्दर्भमा आईतवार य ...

लहान नगरप्रमुखद्वारा ...

लहान, जेठ २० । लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले विपन्न तथा आर्थिक रूपमा कमजोर गर्भवती ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१