ताजा समाचार

अङ्ग-भङ्ग पीडित लाई नेशन लाईफ इन्स्योरेन्सले दियो १२ लाखको चेक : परिवारमा खुशीयाली

  • फागुन १८, २०७६
  • १०१६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा १८ फल्गुण बैदेशिक रोजगारको लागी कतार पुगेका सप्तरी जिल्लाको सुरुगा नगरपालिका ५ कुशहाको मो.ईबराहिमको माईलो छोरा ३५ वर्षिय मो. मुर्तुजा ले निकै बर्ष देखि बैदेशिक रोजगारीमा खारी मुलुक कतारमा बस्दै आएको थियो । पहिलो पल्ट २००५ जुन १७ तारीखमा कतार पुगेका थिए । कतारको ministry of municipality and Environment बलदिया मा काम गर्दै गर्दा मुर्तुजा लाई जेशिभीले पछाडिबाट ठक्कर दिदा मो . मुर्तुजा घटना स्थलमै बेहोस भएका थिए । मुर्तुजालाई तुरुन्त उपचारका लागि हमाद जेनरल अस्पतालमा उपचारको लागि लगिएको थियो । अस्पतालमा कार्यरत डाक्टरले भने बिरामीलाई धेरै दिन यस्तै राख्यो भने बिरामीको ज्यान जान सक्छ त पीडिको दाजु मो. मुस्तुपाले आक्रोश हुदै अस्पतालका डाक्टर संग सोधे डाक्टर सहायब अब हाम्रो बिरामीकस्तो छ डाक्टरलले पीडितको दाजुलाई भने बिरामीको दुबै खुट्टा काटनु पर्छ न भए बिरामीको ज्यान जान सक्छ तपाई आफ्नोमा सल्लाह गरेर मलाई तुरुन्त खबर गर्नु अनि पीडितको दाजुले परिवार संग सल्लाह गरि दुबै खुट्टा काटने सहमति दिए । खुट्टा काटे पछी एक बर्ष बिरामी अस्पतालमै बिताए । मुर्तुजाको घटना कतारको दोहामा २०१८ नोभेम्बर १२ तारीखको राती भएको थियो । पीडित मुर्तुजाले वैदेशिक रोजगारीमा जानु भन्दा पहिला काठमाडौंको लाजिम्पाट स्थित रहेको नेशनल लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडमा २०७५ असोज २२ गते सोमबारको दिन नेशन लाईफ इन्स्योरेन्समा १२ लाखको वैदेशिक रोजगारी बिमा गराएको थियो । बिमा गराएको २६ दिन न बित्दै कतारको दोहामा घटना भएको थिए । पीडित अङ्ग भङ्ग र पीडित परिवारलाई सिरहाको लहान स्थित रहेको नेशन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा ब्रान्चको ब्रान्च म्यानेजर संन्जय कुमार सिंहको विशेष पहलमा पीडितको घर सप्तरीको सुरुगा नगरपालिका ५ पुगेर स्थानीय समाजसेबि मो. यासिम को हातबाट अङ्ग भङ्ग पीडित मो. मुर्तुजा लाई रु. १२ लाखको चेक हस्तान्तरण गरेको छ । अङ्ग भङ्ग पीडित मुर्तुजालाई ३२ वर्षिय श्रीमती तन्जिला खातुन र ३ वटा छोराको बीचलि भएको छ।पीडित मुर्तुजाले भने इन्स्योरेन्स कम्पनी मेरो लागि अल्ला रुपि हो किनभने म आज एकदम खुशी छु मलाई घर सम्म आएर मलाई संजय सरले चेक दिएकोमा वहाँ प्रति म अभारी छु पीडित मुर्तुजाले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤