प्रदेश २ कै नमुना ह्याच्री उधोग सिरहाको लहान हरिपुरमा संचालन

  • फागुन १७, २०७६
  • ९८६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ,सिरहा १८ फागुन । लहान नगरपालीका १७ मा चार युवाको समूहमा एएस पेलेट फिड्स (हयाचरी) अढाई करोडको लागतमा संचालनमा ल्याएका छन् । युवाहरुको यस समूहले फागुन १६ गते उद्घाटन गरी संचालनमा ल्याएको ह्याचरीमा बिभिन्न किसिमका कुखुरा र हाँसको चल्ला उत्पादनका साथै आधुनिक तरिकाले पोषणयुक्त दाना उत्पादन गर्ने प्रविधिक सुजनकुमार ठाकुरले बताए । ठाकुरका अनुसार कुखुराको बिभिन्न प्रजातिका साथै टर्की, लोउक्ट, तितिर, हाँस ,लोकल कुखुरा,कडक नाथ, फाइटर, बटाइ माग अनुसारको उपलब्ध गराउँने व्यवस्था रहेकोे छ ।

लहान नगरपालिका वडा नम्वर १७ हरिपुरका युवाहरु अढाई करोडको लागतमा संचालन गरिएको सो उद्योगमा राजलाल ठाकुर, अर्जुनकुमार यादव, सुरज चौकरी र शंकरप्रसाद साहको संयुक्त लगानी रहेको छ । प्रदेश २ कै नमुनाको रुपमा रहेको यस उद्योगले प्रति घण्टा १५ क्वांटल दाना उत्पादन गरिदैछ । लहान १७ का युवाहरु यसरी उद्योग खोलेर अघि बढिरहेको छ । यसले समाजको शिर उच्चो पारेको खुसी हुँदै वडाध्यक्ष प्रथमलाल चौधरीले शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताले युवाहरु विदेश पलायन भइरहेको अवस्थामा यस्तो नमुना काम गरेर गाउँमै रोजगारीको बाटो खोलेको छ । यसको लागि सरकारले लगनशिल युवाहरुले संचालन गरेको उद्योगलाई सरकारले अनुदान दिनुपर्ने बताए । बजारमा गुणस्तरहीन नक्कली दाना व्यापक छ । यसले किसानहरु समस्यामा पर्दै आएकोले आफ्नै गाउँठाउँमा सजिलो र सुल्भ पशु अहारको लागि यो उद्योग संचालनमा ल्याएको संचालक शंकर साहले बताए । उद्घाटन कार्यक्रममा सन्तोष यादवको टिमले सांस्कृतिक मंचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

बब्लु गुप्ताको प्रेर ...

बिरेन्द्र् प्रसाद नेपाल लहान, ११ कात्तिक। सिरहा लहानका बब्लु गुप्ता आज देशका चर्चित युवा तथा खेलकुद ...

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१