Siraha Times
ताजा समाचार

सिरहामा अबैध सुन लागु औषध सहित ३ युवा पक्राउ

  • फागुन १४, २०७६
  • ११६६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा १४ फाल्गुन - सिरहाको लहान नगरपालिका १९ छर्रापट्टीबाट मोटरसाइकलमा सवार दुई युवकलाई सुनसहित ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले गोप्य सूचनाको अधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहा ले जनाएको छ । लहानबाट खटिएको सदा पोसाकको बिषेश टोलि ले को. ३८प. २६३२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १९ तोला सुन र ९७ लाल मुल्य बराबरको सुन सहित प्रहरीले पक्राउ गरीएका छन् । पक्राउ पर्नेमा मोटरसाइकलमा सवार दुईबै जना लहान नगरपालिका १९ छर्रापट्टी बस्ने २४ वर्षीय मोहम्द मोतिउल रहमान र २१ वर्षीय मोहम्द मुर्तुजालाई ४ वटा चेप्टो टुक्रा गोलो बनाई लुकाइएको अबस्थामा मोटरसाइकल र सुनसहित पक्राउ गरी सिरहाको ठाडी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताए हुन् । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद बहादुर थापा क्षेत्री ले करिब एक सतादेखी बिदामा रहि सोहि कार्यालयमा कार्यरत रहेको इन्सपेकटर सुमित कुशवाहा लाई निमित्त प्रमुखको जिम्मेवारी बोकाएरको छ ।

त्यसैगरी कर्जन्हा नगरपालिका ३ जनक चौक स्थित रहेको ईलाका प्रहरी कार्यलय बन्दीपुर बाट खटिएको प्रहरी गस्ती टोलीले सोमबार राति ९:३० बजेको समयमा मोटरसाइकल चेकजाँच गर्ने क्रममा स.१० प. ३४०२ नम्बरको मोटरसाइकलमा लागु औषध सहित एक युवालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ टडिया बस्ने ३४ वर्षिय तिर्थ बहादुर कार्कीले मोटरसाइकलको सिट मुनि र आफ्नो शरीरमा लुकाई छिपाई ल्याउदै गरेको डाईलेक्स डि. सी १००एम एल को ५ पिस नाईट्रोभेट ट्याब्लेट २२ एउटा पिस स्पास्मो ट्याब्लेट १५ पिस नेपालमा प्रतिबन्ध लागुऔषध सहित मोटरसाइकल सहित मान्छेलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहामा ल्याई थपनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

रंजित चौरसिया,वीरगंज २६ जेठ। नेशनल मेडिकल कलेज प्रालि, वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प् ...

बरियारपट्टि सीमामा त ...

लहान जेष्ठ २६। नेपाल–भारत सीमावर्ती सिरहाको बरियारपट्टि क्षेत्र पछिल्लो समय तस्करीको प्रमुख ट् ...

मोबाइल नष्ट गर्ने नि ...

लहान जेष्ठ २६ । एसईई परीक्षाका क्रममा बरामद गरिएका मोबाइल तथा स्मार्टवाच नष्ट गरिएको निर्णयप्रति असन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१