ताजा समाचार

समता स्कुलको ६ औं वार्षिक उत्सव र अभिभावक भेला सम्पन्न

  • फागुन १३, २०७६
  • १२१७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ,१३ फाल्गुण सिरहा - सिरहाको लहान नगरपालिका ८ स्थित रहेको समता स्कुलले आज ६ औं वार्षिक उत्सव र अभिभावक भेला भवितव्यताको साथ सम्पन्न गरेको छ । कार्यक्रम स्कुलको प्रिरिन्शीपल कमल संन्जेलको अध्यक्षतामा भएको थियो भने कार्यक्रम को प्रमुख अतिथि लहाननगरपालिका वाडा नम्बर ८ का अध्यक्ष बिजय कुमार महतो रहनु भको थियो । प्रमुख अतिथि महतो ले भने समता स्कुल प्रदेश न. २ मा नमुना स्कुलको रूपमा रहेको छ । यो स्कुललाई सदैव हामी सहयोग गर्न तयार छु बताउनु भयो । यो स्कुलला गाउँ गाउँमा प्रचार -प्रसार गर्न जरुरी देखीएको बताए । बिशिस्ट अतिथिमा समता स्कुलको केन्द्रिय निर्देशक दिपक संजेल ले भने अबको युगमा किताब मात्र पढेर हुदैन प्राविधिक शिक्षा तर्फ उन्मुख गराउनु हाम्रो अभियान नै हो बताए । नेपाल भरिमा जम्मा समता स्कुलको विद्यार्थीको संख्या ४० हजार ३ सय २१ जना रहेको छ भने र १० वाटा जिल्लामा माबी स्कुल रहेको छ ।अतिथिहरु पत्रकार महेश सिंह,अनुभक्त चौधरी,अभिभावक गजेन्द्र सिंह ले भने सरकारी र बोर्डिङ स्कुलको विद्यार्थी भन्दा यहीँ स्कुलमा पढ्ने विद्यार्थीहरु भन्दा राम्रो छ । बिधालयमा शिक्षक मात्रैले पढाएर हुदैन अभिभावकहरुलाई पनि शिक्षक जतिकै जिम्मेवारी रहेको बताए ।,मन्जोर देबि महरा देश बिदेशमा छरिएर रहेका अतिबित्पन गरिब घुर्वा निमुखा ,असाहाई ,तथा मद्य्य बर्गिय विद्यार्थीहरुका लागि समता स्कुलले नियुन शुल्कमा विद्यार्थीहरुलाई अधयापन गराउन सफल सस्थाको रूपमा अडिग रहेको छ। सिरहा जिल्लामा धेरै बोर्डिङ सकुलहरु संन्चालनमा रहेको जिल्ला शिक्षा अधिकारि मण्डले बताए । समाजिक स्कुल भनेर चिनीने समता स्कुलले विद्यार्थीहरुलाई सहुलियत दरमा अध्यापन गराई रहेको लहान गोर्छारिकी पिंकि कुमारी महतो जनाए। सिरहा र सप्तरी जिल्लाको अधिकान्श सरकारी र बोर्डिङ पढ्ने विद्यार्थीहरू सबै समता स्कुल तिर पढ्न लाई आकर्षकन बडेको हो । नेपाल लगायत बिदेश तिर पनि समता स्कुलले राम्रो चर्चितमा रहेका छन् । उक्त स्कुल २०७१ सालमा सिरहाको लहान स्थित १८ काठठा जग्गा १५ बर्षको लागि भाडा लिई स्थापना भइ संचालनमा आएका हुन । यो स्कुलको संस्थापक उतम कुमार संजेलको एक्लो लगानी र सहयोगले देश र बिदेशमा संचालनमा रहेको छ । संस्थापक संजेलका अनुसार देश बिदेशमा बस्नेहरु सेवाको भावनाले आफ्नो इच्छा अनुसार सहयोग प्रदान गर्ने गरेको हो । नेपालमा ७७ वाटा जिल्लाहरुमा स्थापना भइ संचालनमा रहेको छ । यो स्कुलमा सबै सेवा प्रदायक शिक्षकहरु मात्र रहेका छन् । यहाँ आउने शिक्षकहरु पनि सेवाको भावनाले आउने गरेको छ । उक्त स्कुलमा हाल ३५० जना विद्यार्थी र ३२ जना शिक्षक ,शिक्षिकाहरु रहेको स्कुलका प्रिन्सिपल कमल सिंतानले बताए । हाम्रो स्कुल प्यापसन र एन प्यापसनको मातहतमा न रहेको बताए । यो स्कुल हाल मेनमार्ग ,श्रीलंका बग्लादेश ईन्डिया र नेपालको बिरगंज स्थित जेलभित्रै रहेको बताए । सफल बन्दै गएका छन् । शिक्षालाई उकासदै गरिबलाई जोगाउदै यो सकुलको एउटा उदेश्य रहेको हो । यस स्कुलमा एडमिशन चार्ज : १५०,मन्थली चार्ज : १०० रुपैयाँ , कम्प्युटर ल्याब : १०० रुपैयाँ ,जम्मा महिनामा २०० सय र बर्षमा ५००० पाँच हजार लिने गरेको बताए । अहिले लहानमा कक्षा ८ सम्म संनचालनमा रहेको बताए । कार्यक्रममा विभिन्न किसिम नित्य गित र जनचेतना मुल्क नाटकहरुको प्रस्तुति रहेको समता स्कुलको क्षेत्रीय प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिनु भयो । पढाईमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार बितरन गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤