सिरहाको भगवानपुर गाउँपालिकामा ‘बेटी पढाउ, बेटी बचाऊ’ कार्यक्रम सुरु

  • फागुन ८, २०७६
  • ८१० पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ७ माघ सिरहा - प्रदेश नम्बर २ सरकारले संचालन गरेको ‘बेटी पढाउ, बेटी बचाऊ’ कार्यक्रम सिरहाको भगवानपुर गाउँ पालिकामा सुभारम्भ गरिएको हो ।गाउँपालिकाको आयोजनामा गरिएको छोरी शिक्षा बीमा कार्यक्रम शिविर संचालन गरिएको हो। प्रदेश २ सरकारको महत्वकांक्षी योजना ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान कार्यक्रम अन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम भगवानपुर गाउँपालिकामा पनि सञ्चालन भएको हो । बीमा कार्यक्रमले २०७५ साल माघ १ गतेदेखि हालसम्म जन्मेका बालिकालाई समेटेको जनाइएको छ । मंगलबार ईनर्वा स्थित श्री हनुमान प्रसाद शारदा माध्यमिक विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन गरिएको थियो । गा.पा.का अध्यक्ष श्री बेचन प्रसाद यादव उपाध्यक्ष श्रीमती सिता देवी यादवज्यू ले संयुक्त रुपमा भगवानपुर गा.पा.४ निवासी श्याम कुमार झा को छोरी पृति झा बालिकाको विमा गरी शिविरको शुभारम्भ गर्नु भयो । स्थानीय संञ्चार कर्मी रामएकबाल राम ले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

नवराजपुरमा एनसीसी क् ...

रहमुल, लहान ६ पुस । सिरहाको नवराजपुर गाउँपालिका वडा न.४ स्थित जनता नमुना प्राविधिक धार माध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१