ताजा समाचार

नमुना बालविकास बनाउनका लागि तालिम

  • फागुन ५, २०७६
  • १०२३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय बिश्वकर्मा लहान , ५ फाल्गुन । सिरहाको लहानमा सोमबार पाँच दिने बाल शिक्षिकाहरुका लागि प्रारम्भिक साक्षरता तथा पुर्व गणितीय सीप तालिम सम्पन्न भएको छ । बाल बिकास केन्द्रमा साक्षरता तथा गणितीय सीपको सामग्रीहरुको प्रयोग गर्न बाल शिक्षिकाहरुलाई सक्षम बनाउनका साथै अध्ययनरत बाल बालिकाहरुको सिकायमा सहयोग पुग्ने उदेश्यले तालिम संचालन गरेको आयोजक सबल नेपालका शिक्षा अधिकृत निरबहादुर आले मगरले जानकारी दिनुभएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको समन्व्य र सेभ द चिल्ड्रेनको सहयोगमा संचालित तालिममा सो नगरपालिकाका २५ वटा बाल बिकास केन्द्रका २५ बाल शिक्षिकाको सहभागिाता रहेको थियो । बाल बिकास केन्द्रहरुलाई नमुना बाल बिकास केन्द्र बनाउनका लागी समेत तालिमको आयोजना भएको थियो । तालिमको सहजिकरण सेभ द चिल्ड्रेनका शिक्षा बिभागका प्रोग्राम कोर्डिनेटर रिता तामाङ र सबल नेपालका शिक्षा अधिकृत निर बहादुर आले मगरले गरेका थिए भने तालिमको सहजिकरण गर्नमा सहयोग सबल नेपालका सुपरभाईजर अजय कुमार साह , राधा कुमारी चौधरी र डिकुरा पोखरेलले गरेका थिए । तालिमको समापन समारोहमा खडक नगरपालिकाका वडा नं. – ६ का वडा अध्यक्ष भगवती प्रसाद चौधरीको अध्यक्षता र सो नपाका शिक्षा अधिकृत देबन प्रसाद चौधरी प्रमुख आतिथ्यमा तालिमको समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤