सडक दुर्घटना मानविय त्रुटिको कारण हुदो रहेछ : ट्राफिक प्रमुख महतो

  • फागुन ४, २०७६
  • ८०४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ४ माघ सिरहा - प्रदेश २ का जिल्लाहरुमा वर्षेनी बढदो सडक दुर्घटनालाई न्युनिकरण गर्न तथा ट्राफीक नियम बारेमा जनमानसमा सचेतना गराउने उदेश्यले विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको ट्राफिक (एसपी) श्याम कुमार महतोले बताउनु भयो । प्रदेश नम्बर २ का ट्राफिक प्र्रहरी कार्यालय पथ्लैयाले प्रदेश २ को ८ वटै जिल्लाहरुमा मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेतना मूलक विभिन्न कार्यक्रमहरु प्रत्येक दिन ट्राफिक प्रहरीको प्रमुख महतोले आफै गाउँ - गाउँ जिल्ला - जिल्ला र स्कुल,कलेजहरुमा संचालन गरिरहेको छ । हामी ट्राफीक नियम बारे सचेत हुदा हुदै समेत जानी जानी नियम उल्लघंन गर्छौ हाम्रो सानो गल्तीले अन्य सर्वसाधारणको ज्यान जोखीममा परीरहेको हुन्छ त्यसकारण तपाई हामी सबैको दायीत्व हो ट्राफीक नियम पालन गरौँ एसपी महतोले भने । सिरहाको लहान स्थित रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा गरेको पत्रकार समेलनमा यस्तो बताउनु भयो । सिरहामा ९० प्रतिशत दुर्घटना असावधानीका कारण हुने गरेको एसपी महतोले बताएका छन् ।

ट्राफिक प्रहरी कार्यालय सिरहाले आयोजना गरेको दुर्घटना न्यूनिकरण सम्वन्धि ट्राफिक जनचेतना कार्यक्रममा एसपी महतोले चालकले साबधानी अपनाउनसके धेरै दुर्घटना न्यूनिकरण गर्न सक्ने बताएका हुन् । तीब्र गतिमा सवारी चलाउनु, धूम्रपान, मध्यपान ,मादक पदार्थ सेवन गरेर चलाउदा बढी दुर्घटना हुने बताए । असावधानीको कारण दुर्घटनामा वृद्धि भएको उनको भनाइ छ् । गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनाका घटना सिरहामा १५ % प्रतिशतले दुर्घटना बढेको थियोे । सो अवसरमा एसपी महतोले बताए । एसपी महतोले दुर्घटनाको मुख्य कारण मानविय त्रुटि भएकोले सचेतनाको जरुरी भएको बताए । सिरहामा यस वर्षको श्रावण देखि पुष सम्ममा ९८ वाटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी जम्मा ३२ जनाले ज्यान गुमाएका छन् । भने घाइते १६७ जना भएका छन् । चालु आर्थिक बर्ष २०७६÷०७७ को श्रावण देखि पुष सम्म भएको छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक( ईन्सपेक्टर) खगेन्द्र एक्तेनले बताए ।

कार्यक्रममा सिरहाको लहान स्थित रहेको जे.एस . मुरारका बहुमुख क्याम्पसमा गरेको सयौं विद्यार्थी र प्राध्यापकहरुको प्रशिक्षण कार्यक्रममा क्याम्पस प्रमुख तुलसि राम पोखरेल ले भने हामीले ट्राफिक नियमको पालना गर्छौ भने हामी नै सुरक्षित रहन्छौ हाम्रो ज्यान जोगिन्छ त्यसैले सवारी साधन चलाउनु भन्दा पहिले सुरक्षा अपनाइ मात्र सवारी साधन प्रयोग गरौं यस्तो सचेतना कार्यक्रमहरु फेरि फेरि हाम्रो क्याम्पसमा आओस् भने बताउनु भयो । कार्यक्रम अतिथिहरु सहायक क्याम्पस प्रमुख सजन कुमार साह , नेपाली काग्रेसका लहान नगर अध्यक्ष सचिता नन्द चौधरी , सुनिल साह , नेपाल पोस्ट दैनिक का प्रधान सम्पादक पत्रकार महेश सिंह , लहान नगरपालिकाका ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ता , प्राध्यापक भोला बिश्वक्रममा ,राष्ट्रिय विद्यार्थी संघका विद्यार्थी नेता बिशुन देब सरदार , नेबि संघ का महेश साह लगायत क्याम्पसका सयौं विद्यार्थीहरुको उपस्थिति रहेको थियो । उनलेभने, ‘सवारी दुर्घएटना विभिन्न कारणले हुन सक्छ’, तर मुख्य कारण चालककै लापर्वाहीले हाम्रो ज्यान खतरामा हुन्छ । त्यस कारण चालक नै सचेत हुनु जरुरी छ ।’ असाव धानीका कारण बढी दुर्घटना राजमार्ग र ग्रामीण भेगमा हुने गरेको र सबारी मध्ये बस भन्दा बढी मोटरसाइकलका दुर्घटना बढी हुने गरेको जनाइएको छ । प्रदेश नं. २ का ट्रापिक प्रहरी प्रमुख एसपी श्याम कुमार महतोेका अनुसार पछिल्लो केही समयदेखि ट्राफिक प्रहरी सक्रियताले दुर्घटनामा कमी आएको बताए । संख्यामा बढी देखिएपनि गतवर्षभन्दा सवारीका हिसावले दुर्घटना कम भएको छ ।

प्रदेश नं. २ मा सवारीको चाप, सडक सञ्जालको आधारमा ट्राफिक प्रहरी पनि कम रहेको बताए । ८ जिल्लामा एक सय ३८ स्थानीय तह, ४९ लाख, ९२ हजार ४ सय ३४ जनसंख्या रहेको यस प्रदेशमा ३ सय ९८ जना मात्र ट्राफिक प्रहरी रहेका प्रमुख महतो ले बताए छन् ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक प्रकोप बाट ...

रहमुल लहान ६ मंसिर सिरहा र सप्तरी जिल्लाका धगनढीमाई, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी, भगवानपुर, र ...

बरिष्ठ फिजिसियन डा. ...

रहमुल लहान ५ कार्तिक मोरङको विराटनगर–११, महेन्द्र चोक स्थित पारस मल्टिस्पेशालिटी अस्पताल प्रा. ...

जसपा नेपाल सखुवानन्क ...

ओम प्रकाश यादव लहान ४ मंसिर सिरहाको सखुवानन्कारकट्टी गा.पा. ४ सखुवा गाउँको रामजानकी मन्दिर प्राङ्गणम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१