ताजा समाचार

भाषा संरक्षण गर्न सरकार पछी नपर्ने : प्रदेश प्रमुख परियार

  • फागुन ३, २०७६
  • १२६३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा ३ ,फाल्गुन - अहिलेको बर्तमान सरकार भाषा संरक्षण गर्न लागी परेको प्रदेश नम्बर –२ का प्रदेश प्रमुख तिलक परियारले बताउनु भएको छ । मगही भाषा अभिलेखिकरण सम्बन्धी एक दिने गोष्ठीको उदघाटन गर्न सिरहाको लहान आएका प्रदेश प्रमुख परियारले भाषा आयोग मार्फत नेपालमा बोलिने हरेक भाषहरुको संरक्षण गर्न सरकार तयार रहेको बताउनु भयो । नेपालमा बोलिने १ सय २८ भाषालाई संरक्षण गर्नका लागी भाषा आयोग र सरकारलाई बिच बिचमा सरसल्लाहको आब्यश्क परेको हुदाँ सो कार्यमा सहयोग गर्न भाषा बिद्धहरुलाई उनले आग्रह गरे । प्रमुख अतिथिको रुपमा बोल्दै प्रमुख परियारले भने , ‘ संघियतालाई सफल गर्नका लागी स्थानिय भाषा संस्कृतिको संरक्षण गर्न अति आब्यश्यक रहेको हुँदा आ – आफने क्षेत्रबाट भाषा संरक्षणका लागी सहयोग गर्नुपर्छ , सरकार पछी नपर्ने उनले दाबी गरे ।’ नेपालको २०६८ को जनगना अनुसार करीब ३५ हजार मात्र मगही भाषा बोल्नेको तथ्याङ्क रहेकोले सो जनगणना पुर्ण रुसमा त्रुटी रहेको मगही भाषा अध्ययन केन्द्रका अधयक्ष मनाई महतोले बताउनु भयो । उहाँले प्रदेश नम्बर– २ मा मात्र मगही भाषा बोल्नेको संख्या ४० लाख रहेको दाबी गरेका छन । महतोले मधेशमा बोल्ने ठेठ भाषा नै मगही भाषा हो , ‘पिछडाबर्गका २९ जाती , दलित समुदायका १७ र जनजाती समुदायका २ वटा जाती मगही भाषा बोल्ने गरेको उनले दाबी गरे ।’ तराई मधेशमा कुशवाहा, केवट , यादव , सुनार , लगायत तेली जातीहरुले मगही भाषा बोल्ने गरेको उनले भने । पुर्व मन्त्री लक्ष्मण मेहता , भाषा आयोगका अध्यक्ष बलदेब अबस्थी लगायत प्रदेश नम्बर १ र २ का भाषा सम्बन्धी जानकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमबाट आएका सुझाबहरुलाई संङ्कलन गरी भाषा आयोगमा बुझाउने तयारी गरेको आयोजक भाषा आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤