ताजा समाचार

कला र संस्कृति देश विकासको पर्याय : युवा नेता नवीन यादव

  • फागुन २, २०७६
  • १३११ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

रामहृदय यादव जनकपुर, २ फागुन । कला र संस्कृति देश विकासको पर्याय रहेको समाजवादी पार्टीका युवा नेता तथा संघीय परिषद सदस्य नवीन यादवले बताएका छन् ।

भिडियो विमोचन गर्दै प्रमुख अतिथिको अासनबाट बोल्दै उनले भाषाको विकास तथा अापसी सद्भाव कायम राख्न कला र संगीतले महत्त्वपूर्ण भुमिका निर्वाह गर्दछ ।

नेता यादवले भने, "जनकपुरबाट नेपाली गीत बजारमा अाउँदा यहाँका दर्शक तथा स्रोताहरूको सहयोग अावश्यक छ भन्दै भिडियोको सफलताको शुभकामना व्यक्त गरे ।"

त्यस्तै विशिष्ट अतिथिको अासनबाट बोल्दै जनकपुरका समाजसेवी धर्वेन्द्र साहले नेपाली चलचित्र बजारमा यस गीत दर्शकलाई नयाँ अनुभूति र छुट्टै मनोरञ्जन प्रदान गर्नेेमा विश्वास व्यक्त गरे ।

गायक रञ्जित शर्माले यस गीतले अाफुलाई दर्शकमाझ स्थापित गराउनेमा विश्वास व्यक्त गरे ।

भिडियो निर्देशक दिनेश ठाकुरको सभापतित्वमा भएको तथा रामहृदय यादवको शब्द रहेको उक्त भिडियो विमोचन कार्यक्रममा जनकपुर उपमहानगरपालिकाको नगर उपसभापति श्रवण  यादव, कलाकार लक्ष्मण मण्डल, पत्रकार गणेश राय, वीरेन्द्र यादव, अभिषेक शर्मा, मो. मोनाजीर, कुश यादव, गोविन्द यादव र प्रिति यादव लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤