ताजा समाचार

सिरहाको लहान अस्पतालमा विवाद : कर्मचारी आन्दोलनमा

  • माघ २६, २०७६
  • १७५८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह २६ माघ सिरहा - सिरहाको लहान ३ स्थित रहेको राम कुमार उमाप्रसाद स्मारक अस्पतालमा बिरामीको विषय लिएर माघ २५ गते भएको घटनाले आकस्मिक सेवा बाहेक अनिश्चतकालका लागी सम्पुर्ण सेवा बन्द गर्ने अस्पतालमा कार्यरत कर्मचारीहरु निर्णय गरेका छन्। अस्पतालले उक्त घटनाको विषय लिएर आईतवार पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख डा. सुनिल कुशवाहाले प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो बताएका थिए । लहान अस्पतालमा कार्यरत डा. दिपेन्द्र ठाकुर संग बिरामीको विषय लिएर शनिवार साँझ ५ बजे तिर नेकपाका केहि नेता र डाक्टर ठाकुर संग समान्य विवाद भएको छ । सिरहा क्षेत्र नम्बर १ ‘ख’ का प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य अशोक यादवलाई सिरहाको लहान नगरपालीका २० माधोपुरमा एक आपसमा मोटरसाईकल टठकर दिदा उक्त दुर्घटना भएको हो । अस्पतालमा हुल हुजत गरेकाले उनिहरु आन्दोलित भएको अस्पताल स्रोतले दाबी गरेका हुन् । कर्मचारीहरुले आइतबार बसेको बैठकले अस्पतालको सेवा बन्द गर्ने अस्पतालमा कार्यरत सम्पुर्ण कर्मचारीहरुले सर्बसहमतिबाट निर्णय गरेको छ् । अस्पतालले आफुहरुलाई आकस्मिक सेवा नदिएको उनिहरुको कथन रहेको छ । बिज्ञप्तीमा भनिएको छ’ चिकित्सक माथी भएको घटनाको सत्य तथ्य छानबिन गरी दोसिलाई कडा कारबाही गर्न जोडदार माग गर्दै कर्मचारीहरु भयभित र असुरक्षित महसुस गरेको हुदाँ सोबा बन्द गर्नु परेको हो।’ घटनाको यथारत प्रकृति सिसि टि भि फुटेज अस्पताल संग सुरक्षित रहेको छ भने घटनाको बिषयमा पिडित चिकित्सक ठाकुरले केही बोल्न चाहेन । यस्को बारेमा मालई केहि बोल्नु छैन पत्रकार समेलनमा बतानु भयो। सिसिटिभि फुटेजमा हातपात गरेको भिडियो क्यापचर भएको छ । घटनाको बिषयमा लहान नगरपालिकाले छानबिन समिति गठन गरेको छ भने घटनालाई प्रहरीमा मुद्धा दर्ता गरिने अस्पताल श्रोतले दाबीका हुन। यता प्रदेश सभा सदस्य यादवले पत्रकार महेश सिंह संग कुरा गर्दै हेर्नु म बिरामी भए अस्पताल पुगे तर अस्पतालमा डाक्टर थिएन अस्पताल सुनसान थियोे । अस्पतालमा सिकन आउने विद्यार्थीहरु मात्र रहेको बताए । आफू चोटले भाबुक थिए तर केहि समय पछी एक जना सिभिल पोसाकमा आए हामी संग डिभेट गर्न थाले यहाँ हामी संग आएको साथीहरूले डाक्टरको खोजीमा थिए तर ठाकुरले केहि बोलेन अनि विवाद उग्ररूप लिएर प्रमाण अस्पताल भित्र रहेको भिडियो क्यामरामा रेकर्ड छ । यता अस्पतालका प्रमुख डाक्टर सुनिल कुशवाहाले हामी संग स्रोत साधनको अभाव छ दु:ख पोखनु भयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤