सिरहाको कर्जन्हामा पासवान जातिको प्रदेश स्तरीय भेला सम्पन्न

  • माघ २६, २०७६
  • ९२४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह २६ माघ सिरहा - सिरहाको कर्जन्हामा पासवान जातिको प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । संगठित होउ , शिक्षित बनु , संघर्ष गरौं , मुलनाराका साथ सिरहाको कर्जन्हामा नगरपालीका स्तरीय पासवान समाजको माईनजनी संस्था गठन तथा संचालन छलफल सभा शनिबार सम्पन्न भएको छ् । रामबलि पासवानको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी का प्रदेश न . २ क, सह - इन्चार्ज तथा निबर्तमान भुमि सुधार र उद्योग मन्त्री महेन्द्र पासवानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । छलफलमा बोलदै प्रमुख अतिथि महेन्द्र पासवानले भने राजनीतिक रूपमा अहिलेको संविधानले भभासिक , समाजिक रूपमा अधिकार दिन सकेको छैन । ब्राह्मण बादले दलित , जनजाति मात्रहोइन क्षेत्रीहरु समेत पीडित भएको पासवानले बताए । बिशिस्ट अतिथि कर्जन्हा नगरपालिकाका प्रमुख गगा पासवानले पासवान समुदायको माईनजनले पासवान समुदाय भित्र दहेज मुक्त बिवाह , बालबिवाह मुक्त गर्ने निर्णय गर्नु पर्छ । कुनै पनि राजनीति दल , सभा दलितको उपस्थिति बिना सम्पन्न नहुने बताउदै नगर प्रमुख पासवानले दलितहरु एकजुट भए भए दलित नेतृत्वलाई सहयोग गर्न आग्रह गरेका थिए । दलित भित्र पासवान समुदायले नेतृत्वदाई भुमिका निर्वाह गरेकै कारण गैर दलितहरुले पासवानलाई किनारा लगाउन खोजेको बक्ताहरु ले बताएका थिए । प्रदेश न. २ का इन्सेक संयोजक राजु पासवानले मनत्बय राख्दै भने आफ्नो जातिको उत्थानको लागी पासवान समुदायलाई एक जुट भएर संगठित हुन जरुरी छ् । अहिलेको परिपेक्षमा पासवान समुदायमा राजनीतिमा पहुँच भए पनि शिक्षामा पछाडी रहेकोले शिक्षामा विशेष जोड दिन इन्सेक संयोजक पासवानले जिकिर गर्नु भयो । प्रदेश न. २ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत अधिकृत सुनिल कुमार पासवानले भने शिक्षाको क्षेत्रमा आफुले दलित मात्र होईन । आथिक अबस्था कमजोर भएका बिद्यार्थीको लागि प्रदेश १ का मोर्ङग देखी प्रदेश २ का पर्सा सम्मका बिद्यार्थीलाई सहयोग गर्ने बाचा समेत गरेका थिए । कार्यक्रममा प्रदेश न. का सप्तरी देखी पर्सा सम्मका पासवान समुदायका वरिष्ठ पत्रकार भोला पासवान नेपाल पोस्ट दैनिक अन्लाईन पत्रीकाका प्रधान समपादक महेश सिंह , इजोर दैनिक पत्रीकाका सम्पादक धर्मेन्द्र कुमार पासवान राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सचीव राजा राम पासवान , सब-इन्जिनियर गोबिन्द पासवान नेकपाका युवा नेता मनोज कुमार पासमान , जनमत पार्टीका विद्यार्थी नेता राम अधिन पासवान , राम अधार पासवान , शिक्षक अरुण पासवान लगायतको नेता र पत्रकार हरुको उपस्थिति रहेको आयोजकले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपाल बर्दिया ज ...

काठमाडौं २२, जेष्ठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपाल बर्दिया ज ...

सस्तो मूल्यले किसान ...

ओम प्रकाश यादव, लहान, २२ जेठ । लहान, सिराहा  लहान बजारमा यतिबेला आँप किन्ने ग्राहकको भीड द ...

नेशनल मेडिकल कलेज र ...

रंन्जित चौरसिया वीरगंज २२ जेष्ठ। पर्साको भेडीयाही स्थित नेशनल मेडिकल कलेज र वीरगंज महानगरपालिकाका १३ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१