ताजा समाचार

सिरहाको कर्जन्हामा पासवान जातिको प्रदेश स्तरीय भेला सम्पन्न

  • माघ २६, २०७६
  • ११०८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह २६ माघ सिरहा - सिरहाको कर्जन्हामा पासवान जातिको प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । संगठित होउ , शिक्षित बनु , संघर्ष गरौं , मुलनाराका साथ सिरहाको कर्जन्हामा नगरपालीका स्तरीय पासवान समाजको माईनजनी संस्था गठन तथा संचालन छलफल सभा शनिबार सम्पन्न भएको छ् । रामबलि पासवानको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी का प्रदेश न . २ क, सह - इन्चार्ज तथा निबर्तमान भुमि सुधार र उद्योग मन्त्री महेन्द्र पासवानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । छलफलमा बोलदै प्रमुख अतिथि महेन्द्र पासवानले भने राजनीतिक रूपमा अहिलेको संविधानले भभासिक , समाजिक रूपमा अधिकार दिन सकेको छैन । ब्राह्मण बादले दलित , जनजाति मात्रहोइन क्षेत्रीहरु समेत पीडित भएको पासवानले बताए । बिशिस्ट अतिथि कर्जन्हा नगरपालिकाका प्रमुख गगा पासवानले पासवान समुदायको माईनजनले पासवान समुदाय भित्र दहेज मुक्त बिवाह , बालबिवाह मुक्त गर्ने निर्णय गर्नु पर्छ । कुनै पनि राजनीति दल , सभा दलितको उपस्थिति बिना सम्पन्न नहुने बताउदै नगर प्रमुख पासवानले दलितहरु एकजुट भए भए दलित नेतृत्वलाई सहयोग गर्न आग्रह गरेका थिए । दलित भित्र पासवान समुदायले नेतृत्वदाई भुमिका निर्वाह गरेकै कारण गैर दलितहरुले पासवानलाई किनारा लगाउन खोजेको बक्ताहरु ले बताएका थिए । प्रदेश न. २ का इन्सेक संयोजक राजु पासवानले मनत्बय राख्दै भने आफ्नो जातिको उत्थानको लागी पासवान समुदायलाई एक जुट भएर संगठित हुन जरुरी छ् । अहिलेको परिपेक्षमा पासवान समुदायमा राजनीतिमा पहुँच भए पनि शिक्षामा पछाडी रहेकोले शिक्षामा विशेष जोड दिन इन्सेक संयोजक पासवानले जिकिर गर्नु भयो । प्रदेश न. २ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत अधिकृत सुनिल कुमार पासवानले भने शिक्षाको क्षेत्रमा आफुले दलित मात्र होईन । आथिक अबस्था कमजोर भएका बिद्यार्थीको लागि प्रदेश १ का मोर्ङग देखी प्रदेश २ का पर्सा सम्मका बिद्यार्थीलाई सहयोग गर्ने बाचा समेत गरेका थिए । कार्यक्रममा प्रदेश न. का सप्तरी देखी पर्सा सम्मका पासवान समुदायका वरिष्ठ पत्रकार भोला पासवान नेपाल पोस्ट दैनिक अन्लाईन पत्रीकाका प्रधान समपादक महेश सिंह , इजोर दैनिक पत्रीकाका सम्पादक धर्मेन्द्र कुमार पासवान राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सचीव राजा राम पासवान , सब-इन्जिनियर गोबिन्द पासवान नेकपाका युवा नेता मनोज कुमार पासमान , जनमत पार्टीका विद्यार्थी नेता राम अधिन पासवान , राम अधार पासवान , शिक्षक अरुण पासवान लगायतको नेता र पत्रकार हरुको उपस्थिति रहेको आयोजकले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤