Siraha Times
ताजा समाचार

नगर सुधार समितिद्वारा सुखिपुरमा नि:शुल्क लोकसेवा कक्षाको तयारी

  • माघ २६, २०७६
  • ८२७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

लहान २४, माघ: सिरहाको सुखिपुर नगरपालिकामा बिहिवार देखि दुई महिने नि:शुल्क लोकसेवा तयारी कक्षाको सुभारम्भ भएको छ । प्रतीदिन ३ घन्टा संचालन भैरहेको कक्षामा डिएन यादव , बासुदेब दहाल ,भरोषी यादव र भूषणलाल कर्णले सहजीकरण गरिरहेको आयोजक नगर सुधार समिती सुखिपुरका अध्यक्ष बिपि भुवन यादवले जानकारी दिनुभयो । समिति अध्यक्ष यादवले उदघाटन गरेको कार्यक्रममा सुखिपुरका तीन जना लोकसेवामा नाम निकाल्न सफल भएकाहरु सम्मानित भएका थिए । सम्मानित हुनेमा सुखिपुर नगरपालिका वडा नम्बर – ४ बस्ने सुखिपुर नगरपालिकामा कर्यरत शिक्षा अधिकृत भरोषि यादव , सोही नपा वडा नम्बर – ६ निवासी खरिदार रामकुमार यादव र वडा नम्बर – ५ निवासी खरिदार प्रदीप यादव सम्मानित भएको थियोे । अनुसन्धान , शैन्य , प्रहरी जवान र खरिदारको तयारी कक्षामा सुखिपुर नगरपालिका करिब ४० जना बिद्यार्थीहरुको सहभागीता रहेको जानाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१