नगर सुधार समितिद्वारा सुखिपुरमा नि:शुल्क लोकसेवा कक्षाको तयारी

  • माघ २४, २०७६
  • ५७१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २४, माघ । सिरहाको सुखिपुर नगरपालिकामा बिहिवार देखि दुई महिने नि:शुल्क लोकसेवा तयारी कक्षाको सुभारम्भ भएको छ । प्रतीदिन ३ घन्टा संचालन भैरहेको कक्षामा डिएन यादव , बासुदेब दहाल ,भरोषी यादव र भूषणलाल कर्णले सहजीकरण गरिरहेको आयोजक नगर सुधार समिती सुखिपुरका अध्यक्ष बिपि भुवन यादवले जानकारी दिनुभयो । समिति अध्यक्ष यादवले उदघाटन गरेको कार्यक्रममा सुखिपुरका तीन जना लोकसेवामा नाम निकाल्न सफल भएकाहरु सम्मानित भएका थिए । सम्मानित हुनेमा सुखिपुर नगरपालिका वडा नम्बर - ४ बस्ने सुखिपुर नगरपालिकामा कर्यरत शिक्षा अधिकृत भरोषि यादव , सोही नपा वडा नम्बर - ६ निवासी खरिदार रामकुमार यादव र वडा नम्बर - ५ निवासी खरिदार प्रदीप यादव सम्मानित भएको थियोे । अनुसन्धान , शैन्य , प्रहरी जवान र खरिदारको तयारी कक्षामा सुखिपुर नगरपालिका करिब ४० जना बिद्यार्थीहरुको सहभागीता रहेको जानाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

प्रेस मञ्च नेपाल मधे ...

ओम प्रकाश यादव लहान, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१