ताजा समाचार

सिरहा बासीको म ऋणि छु : अध्यक्ष प्रचण्ड

  • माघ २४, २०७६
  • १४८८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह २४ माघ सिरहा - सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित झण्डा मेलाको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले मधेसमा सिँचाइ र भौतिक पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको बताएका छन्। मधेसको मुख्य समस्या नै सिँचाइ रहेको भन्दै कमला–सुन कोशी डाइभर्सनको काम बढाउनुपर्नेमा जोड दिए।उनले कोशी–कमला डाइभर्सन निर्माण चाँडै सुरु हुने पनि विश्वास व्यक्त गरे। अध्यक्ष प्रचण्डले हुलाकी सडक निर्माण, निजगढ विमन स्थल निर्माण,रेलमार्ग निर्माण तथा फास्टटयाक तीव्र गतिमा भइरहेको बताए। नेपाल कम्युनिष्ट पार्टी (नेकपां) अध्यक्ष तथा पुर्व प्रधानमंत्री पुष्पकमल दाहाल ‘प्रचण्डले मधेससँगको प्रेम कहिले टुट्ने छैन बताएका छन ।

एक फरक प्रसंगमा उनले तराई–मधेस र पहाडलाई जोडेर आर्थिक समृद्धिको नयाँ यात्रा सुरु भएको बताए । संविधान संशोधनका लागि पार्टी सकारात्मक रहेको भन्दै मधेससँग आफुले गरेको प्रेम टुट्न नदिने बताए। ‘सिरहा आउँदा आफ्नै घर आएजस्तो लाग्छ’, उनले भने, ‘माइत आएको महसुस हुन्छ।’ यस्तै नेकपा नेता तथा पुर्व मंत्री मातृकाप्रसाद यादबले मधेस–पहाडका उत्पीडित जनता एकजुट नभएसम्म अधिकार नपाउने बताए। उनले एउटा मधेसी दल सरकार छोड्दा अर्को दल सरकारमा आउन खोजेको भन्दै मधेसी जनता एकजुट नभएसम्म संविधान संशोधन नहुने धारणा राखे।

त्यसतै अर्का नेत्री सरीता निरीले भने मधेशमा एउटा राष्टिय प्रश्न उब्जेकोछ त्यो प्रश्न एकदिन घटनामा परीनत पनि हुन सक्छ त्यसकारण प्रश्नको उत्तर सामुहिक रुपमा खोजन तयार छौ सामुहिक रुपमा प्रश्नको उत्तर आएन भने हामी मधेशी आफै उत्तर खोज्न तयार हुनेछौ । ‘कला संस्कृति हाम्रो स्वभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान’ मूल नारासहित १० दिने मेला सुरु भएको हो। स्थानीय कृषिलाई आधुनिकीकरण गर्न प्रोत्सान, बालविवाह, दाइजो प्रथा, लैङ्गिक हिंसा न्यूनीकरण, विद्यार्थीको क्षमता अभिवृद्धि, स्थानीय व्यवसाय प्रवर्धन तथा आफ्नो कला संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ महोत्सवको गरिएको गाउँपालिका अध्यक्ष तथा महोत्सव आयोजक मूल समितिका संयोजक केदारनाथ यादवले बताएका छन।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤