ताजा समाचार

नेकपा विद्यार्थी संगठन द्वारा राराव क्याम्पसमा सरसफाई

  • माघ २२, २०७६
  • १२०८ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम ,माघ २२ गते । अनेरास्ववियू धनुषाको नेतृत्वमा जनकपुरको राराब क्याम्पसमा बुधबार (आज) सरसफाई गरिएको छ । 

अनेरास्वीयू धनषाका अध्यक्ष चन्दन यादवको अध्यक्षत तथा नेपालकै कान्छो मेयर उदय बरबरियाको विशेष उस्थितिमा आज राराबको कुनाकाप्चा सरसफाई गरिएको हो । सरसफाई अभावका कारण विभिन्न प्रकारको रोग फैलिनुका साथै वातावरण दुर्गन्धित समेत हुने गरेको भन्दै सरसफाई गरिएको हो । 


नेकपाका पूर्व जिल्ला कमिटी सदस्य राजकुमार यादवको विशेष उपस्थितिमा सफा र हराभरा जनकपुरको परिकल्पनालाई मध्यनजर गर्दै जनकपुरको राराब क्याम्पसमा सरसफाई गरिएको हो । सरसफाईको अभावमा पनि राराब क्याम्पसको अवस्था कमजोर देखिरहेको अवस्थामा शहिदनगर नगरपालिकाका मेयर बरबरियाको विशेष उपस्थितिमा सरसफाई गरिएको हो । 


अनेरास्ववियूका विद्यार्थी संगठनका केन्द्रिय सदस्य राजकिशोर यादव, संजय महतो र संयोजक आर.पी अधिकार र सह– संयोजक शिव झा लगायत विद्यार्थी नेता अरुण यादव ,सन्तोष मरिक बिद्यार्थी नेत्री किरण कापर ,विद्यार्थी नेता आनन्द झा,अमित यादव ,मुखर्जी यादव ,सन्तोष यादव ,राजु प्रतिहस्त लगायत दर्जनौ संख्यामा विद्यार्थीहरुले सरसफाई गरेको अनेरास्ववियू विद्यार्थी नेता आदर्श मंडलले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤