ताजा समाचार

नियमविपरित सडक विस्तारप्रति आपति

  • माघ २०, २०७६
  • ८३८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

जनकपुरधाम उपमहानगरपालिकाले वडा नं. १९ स्थित पुल चोक नजिकै रहेको चन्देश्वर प्रसाद साहको घर भत्काउन शुरु गरेपछि विवाद शुरु भएको छ । माघ १८ गते उपमहानगरपालिकाले कडा सुरक्षाका विच त्यहाँका घर टहरा जेसिभी लगाएर हटाउन खोजेपछि विवाद शुरु भएको हो । उच्च अदालत जनकपुरले कि.नं. ७७५ को जग्गा र सोमा रहेको घर कानुनी प्रक्रिया नपुगाई नगर्न निषेधाज्ञाको आदेश जारी गरेपनि घर भत्काउनु गलत रहेको साहले एक प्रेस विज्ञप्ति जारी बताएका छन । उच्च अदालतको आदेशको कुनै वास्ता नगरी जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह , उप प्रमुख रिता झा र वडा नं. १६ का वडाध्यक्ष रामअशिष पंजियारले धाकधम्की देखाई घर भत्काउन लगाएको प्रति उनले विरोध जनाएका छन । उच्च अदालतको आदेशको अवहेल्ना गरि आफनो सम्पति क्षति गर्नेहरुमाथि छानबिन गरी कडा कारवाहीको उनले मांग गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤