सिरहा सदरमुकामको वडा प्रहरी कार्यालय आसपास लाखौंको चोरी

  • चैत ३०, २०७४
  • ९९९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत ३०। गएराती सिरहा सदरमुकामको ब्यस्त बजारको तीन पसलमा लाखौंको चोरी भएको छ । सिरहा नगरपालिकामा रहेको वडा प्रहारी कार्यालय अगाडि रहेको तीन पसलमा गएराती चोरी भएपछि स्थानीय प्रहरीमाथि शंका गर्न थालेका छन् ।

वडा प्रहरी अगाडि रहेको साइकल पसल, मोबाइल पसल र एक किराना पसलमा चोरी भएको हो । तीन ओटै पसलको ताल्छा फुटाएर चोरी भएको छ । साइकल दुकानबाट गरगहना र नगद सहित पाँच लाखको चोरी भएको पसले सत्यनारायण यादवले बताएका छन । त्यस्तै मोबाइल पसलबाट एकथान ल्यापटप र मोबाइलहरु चोरी भएको पसले बिबेक यादवले बताउनुभयो । त्यस्तै किरना पसलबाट रिचार्ज काड र पैसा समेत छोरी भएको छ ।

वडा प्रहरी अगाडि यसरी चोरी भएपछी स्थानीयले भने प्रहरीकै मिलेमतोमा चोरी भएको शंका गरिएको छ । एकै रातीमा तीन पसलमा चोरी भएपछी जिल्ला प्रहरी कार्यालयबाट खटीएको टोली अनुसार घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१