ताजा समाचार

सिरहा सदरमुकामको वडा प्रहरी कार्यालय आसपास लाखौंको चोरी

  • चैत ३०, २०७४
  • १०९३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत ३०। गएराती सिरहा सदरमुकामको ब्यस्त बजारको तीन पसलमा लाखौंको चोरी भएको छ । सिरहा नगरपालिकामा रहेको वडा प्रहारी कार्यालय अगाडि रहेको तीन पसलमा गएराती चोरी भएपछि स्थानीय प्रहरीमाथि शंका गर्न थालेका छन् ।

वडा प्रहरी अगाडि रहेको साइकल पसल, मोबाइल पसल र एक किराना पसलमा चोरी भएको हो । तीन ओटै पसलको ताल्छा फुटाएर चोरी भएको छ । साइकल दुकानबाट गरगहना र नगद सहित पाँच लाखको चोरी भएको पसले सत्यनारायण यादवले बताएका छन । त्यस्तै मोबाइल पसलबाट एकथान ल्यापटप र मोबाइलहरु चोरी भएको पसले बिबेक यादवले बताउनुभयो । त्यस्तै किरना पसलबाट रिचार्ज काड र पैसा समेत छोरी भएको छ ।

वडा प्रहरी अगाडि यसरी चोरी भएपछी स्थानीयले भने प्रहरीकै मिलेमतोमा चोरी भएको शंका गरिएको छ । एकै रातीमा तीन पसलमा चोरी भएपछी जिल्ला प्रहरी कार्यालयबाट खटीएको टोली अनुसार घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤