ताजा समाचार

बुवाले जनतासँग गरेको 'वाचा' म पुरा गर्छु : मेयर बरबरिया

  • माघ १९, २०७६
  • १०४५ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

धनुषा माघ १९ गते । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले उनको बुवाले जाहेर गरेको प्रतिवद्धता आफूले पूरा गर्ने बताउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा तत्कालिन माओवादीका दिग्गज नेता श्रवण कुमार बरबरियाले पुरा गर्न नसकेको प्रतिवद्धता आफूले पूरा गर्ने उहाँले बताउनुभएको छ । शनिबार धनुषाको कला नगरपालिका वडा नं. १ मँगराहामा आयोजित कम्बल वितरण कार्यक्रममा बोल्दै मेयर बरबरियाले साबिक क्षेत्र नं. १ का जनताले दिएको स्नेह र मायाको मूल्य आफू चुकाउने बताउनुभयो । “जनयुद्धको समयमा पनि साबिकको धनुषा निर्वाचन क्षेत्र नं. १ तथा हाल क्षेत्र नं. २ का जनताहरुले मेरा बुवा श्रवण कुमार बरबरियालाई दिएको माया र स्नेहको कुनै मूल्य छैन । त्यस्तो अवस्थामा सबैले माओवादी भएकै कारण ज्यान मार्ने दाउमा रहेका बेला पनि यस क्षेत्रका जनताले दिएको माया, ममतालाई हामीले कदापी विर्सन सक्दैनौ । म उहाँकै सुपुत्र हुँ, अर्कै नगरपालिकाको मेयर भएपनि सहयोगी भावनाले जहाँ बोलाए म आउन तयार छु ।”–उहाँले भन्नुभयो । 


उहाँले उनको बुवा जनतासँग गरको वाचा पूरा गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । साबिकको धनुषा निर्वाचन क्षेत्र नं. १ का आम सर्वसाधारणहरुको लागि श्रवण बरबरियाप्रतिको माया स्नेहको बारेमा उल्लेख गर्दै मेयर बरबरियाले उनको बुवाको अधुरो ईच्छा आफूले पूरा गर्ने बताउनुभयो । 

 

 

शहिदनगर नगरपालिकाको मेयर भएर पनि कमला नगरपालिकामा आएर सेवा गर्ने मौका पाएको भन्दै आयोजकप्रति कृतज्ञता प्रकट गर्नुभयो । समाजिक सँस्था कामाख्य परिवार नेपालको आयोजनामा कमला नगरपालिका वडा नं. १ मँगराहाका गरिब, विपन्न परिवारहरुलाई कम्बल वितरण गरिएको हो । 


त्यहाँका गरिब तथा विपन्न समुदायलाई नयानो लुगा ,कम्बल र खाद्यान सामग्री वितरण गरिएको हो ।  बिपन्न , दलित, बृद्ध, एकल महिला, अपांग , बालबालिकाहरूलाई बितरण गरिएको हो । 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤