Siraha Times
ताजा समाचार

शिक्षामा राजनीतिक होइन राजनीतिमा शिक्षाको जरुरी: राज्य मन्त्री मण्डल

  • माघ १८, २०७६
  • १०६६ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

सिरहा माघ १८ गते । प्रदेश न.२ का उद्योग ,पर्यटन वन तथा बाताबरण राज्य मन्त्री सुरेश मण्डलले शिक्षामा राजनीतिक होइन राजनीतिमा शिक्षाको जरुरी रहेको बताउनु भएको छ ।
फ्रेन्डस एजुकेशन ईङ्लिस बोर्डिङ स्कुल सिरहा नगरपालिका(१४ नवटोलीले आफ्नो तेस्रो बार्षिक उत्सवलाई सम्बोधनका क्रममा राज्य मन्त्री मण्डलले यस्तो बताउनु भएको छ आजको युगमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको उनले बताए ।

मातृ भाषामा शिक्षा दिनु पनि पर्ने आवश्यकता छ प्रदेश सरकारले छिटैनै यस्ता कार्यक्रम ल्याउदै छ ।अहिलेको शिक्षा गुणस्तरिय तथा शिपमुल शिक्षाको जरुरी छ अबको शिक्षा आबश्यकतामुखी र जीवनोपयोगी हुनुपर्छ ।छोरीलाई दहेज होइन बरु शिक्षा दिनु जरुरी छ।
प्रदेश सरकारले बेटि पढाउ बेटि बचाउ कार्यक्रमको शुरूवात गरिसकेको छ छोरी जन्मिदै अब लाखपती भएर जन्मिदै छ ।

साथै तेस्रो वार्षिक दिवसको हार्दिक बधाई तथा सफलताको कामना गर्नु भयो ।

यस्तै सोमा मैडमले सम्बोधन गर्नु हुँदै मोबाइल ईन्टरनेटले गर्दा पनि शिक्षाको गुणस्तर खस्किएको बताएकी छिन ।मोबाइल राम्रो हो तर यसको उपयोग भन्दा पनि दुरुपयोग बढदो छ ।शिक्षामा अनुशासन जरुरी रहेको छ बिना अनुशासनको शिक्षाको कुनै काम नरहेको बताईन ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुविर प्रसाद मण्डलको अध्यक्षता एवम प्रमुख अतिथि उद्योग ,पर्यटन वन तथा बाताबरण राज्य मन्त्री सुरेश मण्डल, विशिष्ट अतिथि राजपाका केन्द्रिय सदय राजकुमार महरा, शिक्षक सोमा गुप्ता ,समाजसेवी रामचन्द्र मन्डल,व्यवस्थापन समिति सदय साने राउत,राजपा सिरहा जिल्ला का अध्यक्ष मण्डल का सदस्य सर्ब नारायण झा,नेता शैलैन्द्र ठाकुर पत्रकार नरेशचन्द्र बरबरिया ,समाजसेवी ,बुद्धिजिवी ,शिक्षक विद्यार्थी लगायत स्थानीयहरुको सक्रिय सहभागी रहेको थियो भने कार्यक्रम उद्घोष युवा नेता रमेश मन्डलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१