ताजा समाचार

पुर्ण सरसफाई उन्मुख जिल्ला घोषणामा ध्यान दिन स्थानीय तहलाई जिल्ला सभापतिको आग्रह

  • माघ १५, २०७६
  • ९९२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा , लहान १५ माघ । सिरहालाई सन २०२२सम्म पुर्ण सरसफाई उन्मुख जिल्ला घोषणा गर्नका लागि आ- आफ्नो क्षेत्रबाट सबैको सहयोगको आवश्यकता रहेको जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरले बताउनुभयो । जिल्ला स्तरीय खानेपानी तथा स्वच्छता समन्वय समितिका अध्यक्ष समेत रहनुभएका सभापति ठाकुरले पुर्ण सरसफाईको कार्यलाई आगाडी बढाउन सिरहाका सम्पुर्ण १७ वटै स्थानीय तहलाई उनले आग्रह गरे । बिकास निर्माणको कर्यहरु मध्ये सरसफाईको पनि आफ्नै महत्त्व रहेकोले पुर्ण सरसफाईलाई पनि प्राथमिकतामा राख्न स्थानीय तहलाई आग्रह गरे । मङ्गलवार सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर -५ को ईनर्वाको पुर्ण सरसफाईको अवस्था अनुगमन गर्न आएका एक टोलीले सो वडाको ३ वटा टोलको सामुहिक रूपमा अनुगमन गरेको छ । ५ सय ३८ घरधुरी रहेको ईनर्वामा केहि घरधुरीमा मात्र पुर्ण सरसफाईका सुचकहरु पालन नगरेको निष्कर्ष निकालेका थिए । SNV नेपाल र नेपाल रेडक्रस सोसाइटी सिरहा शाखाको सहयोग र गाउँपालिका स्तरीय खानेपानी तथा स्वच्छता समन्वय समितीको आयोजनामा संचालित अनुगमन कार्यक्रमले छुटेका केही घरधुरीमा पुर्ण सरसफाईका ६ वटा सुचक पालना गरि उन्मुख वडा घोषणा गर्न सुझाव समेत दिएका थिए । जिल्ला समन्वय समिति सिरहाका उपसभापति सरोज यादव , नेपाल पत्रकार महासंघ सिरहा शखाका सभापति दिनेश्वर प्रसाद गुप्ता , भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादब, पुर्व मन्त्री राजलाल यादव , भगवानपुर गाउँपालिकाका समाजसेबि रामशन्कर यादव , तत्कालीन नेकपा एमालेबाट गापा अध्यक्षका प्रत्यासी उमेदवार उग्रनारायण यादब लगायतको रोहवरमा अनुगमन भएको थियो । अनुगमनबाट आएको सल्लाहलाई स्विकार्दै स्थानीय वडा अध्यक्ष अमरलाल यादवले माघ २६ गते पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्ने प्रत्तिबद्द्ता गरे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤