चालू आ.ब.का लागि सिरहाको विष्णुपुरमा संसोधन सहितको बजेट सार्वजनिक

  • माघ १३, २०७६
  • ८२४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १३, माघ । कृषि क्षेत्रको बिकासका लागी गाउँपालिका सक्दो प्रयास गरिरहेको सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष जोगेश्वर यादबले बताउनुभएको छ । सोमबार गाउँपालिकाको संसोधन सहितको चौथो गाउँसभाबाट पारित बजेट निति तथा कार्यक्रमको सर्बजनिकिकरण गर्दै उहाँले भने `म पनि किसानको छोरा हुँ , मैले पनी हलो जोतेको छु, किसानको दुखः मलाई राम्रो संग अनुभव भएकोले कृषि क्षेत्रलाई यो बजेटमा प्रमुख प्राथमिकतामा रखेको अध्यक्ष यादवले दाबी गरे । चालु आ.ब. २०७६/०७७ मा संचालन हुने योजनाहरु पुर्ण रूपमा शिक्षा , स्वास्थय , कृषि, सहकारीक्षेत्रलाई प्राथमिकतामा राखेकोले बजेट कार्यान्वयन गर्नमा गाउँपालिकाको सम्पुर्ण जनसमुदायको सहयोगको अपेक्षा राखेको उनले बताए । गाउँपालिकामा भएका सार्वजनिक जग्गाहरुलाई अतिक्रमण हुन नदिनका लागि कडाईका साथ गाउँपालिका लागी परेको भन्दै सम्पुर्णमा सहयोग गर्न उनले आग्रह गरेका छन । सिरहा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लिलानाथ श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा चालु आर्थिक बर्षका लागी ३२ करोड ५१ लख ८५ हजार ४ सय २० रुपौयाको संसोधन सहितको अनुमानित बजेट सार्बजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलदेब यादबले जानकारी दिनुभएको छ । प्रस्तुत बजेट संघिय सरकारको समानिकरण अनुदान , शसर्त अनुदान ,अन्य अनुदानरहेको छ भने प्रदेश सरकारको समपुरक अनुदान , बिषेश अनुदान ,स्थानिय अन्तरिक श्रोत , राजस्व बाँडफाँड ,बैदेशिक साहयता लगायतको बाट रहेको अधिकृत यादबले बताए । विष्णुपुरको बीच बजारमै सार्वजनिक गरेको संसोधित बजेट सार्वजनिकिकरण कार्यक्रममा प्रदेश सभा सदस्य रामकुमार यादव , प्रमोद यादव जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुर उपसभापति सरोज यादव , स्थानीय बुद्धिजीवी , राजनैतिक दलका प्रतिनिधि , पत्रकार लगायत हजारौं जनाको उपस्थिति रहेकोे थियोे ।

प्रतिक्रिया दिनुहोस

सुशीला कार्कीलाई प्र ...

काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीलाई लिएर प्रमुख दलबीच प्रारम्भिक सहमति बने पनि संसद् विघटनको विष ...

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१