सप्तरीको बलानबिहुलमा सम्पन्न टि- ट्वान्टी क्रिकेट प्रतियोगितामा मल्हनिया टिम बिजय

  • माघ ११, २०७६
  • १२६५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ११, माघ । सप्तरीको बलानबिहुल गाउँपालिकाको रामजानकी स्टेडियममा शनिबार भएको खेलमा बलानबिहुल गापाको मल्हनिया टिम बिजय भएको छ । बलानबिहुल - १ मल्हनिया र सुपरम्यान युथ युवा क्लब सुरुङ्गा नगरपालिका वडा नम्बर- ५ कुशहा बिच भएको खेलमा पहिलो ब्याटिङ्ग गरेका मल्हनियाले १८९ रनको लक्ष्य दिएका थिए । बीस ओभरको खेलमा प्रतिद्वन्द्वी कुशहाले १७ ओभर ५ वलको समाप्तिमा ११ विकेट गुमाउँदै ११३ रनमा मात्र सिमित भई ७६ रनको अन्तरले पराजित भएको आयोजक श्री सरस्वती युवा समिति बलानबिहुल गाउँपालिका वडा नम्बर- १ का प्रतिनिधि दुर्गा प्रसाद यादवले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष दयानन्द गोईतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रथम बिजेता मल्हनियालाई नगद रु पाँच हजार प्रमाणपत्र मेडल प्रदान गरेका थिए भने द्दितिय टिम कुशहालाई नगद रु तीन हजार प्रमाणपत्र मेडल प्रदान गरेको आयोजकले जनाएको छ ।

समाजसेवी दिगम्बर यादवले ब्याक्तीगत तर्फबाट थप प्रोत्साहन स्वरुप प्रथम टिमलाई १ हजार र द्दितिय टिमलाई नगद रु ५ सय प्रदान गरेका थिए । फाईनल खेलमा बेस्ट बलर कुशहा टिमका रसिद खान घोषणा भएका थिए भने बेस्ट ब्याटिङ प्रकाश पासमान , मल्हनिया टिमबाट म्यान अफ द सिरिज बरुण चौधरी , म्यान अफ द म्याच ललन यादव भएको आयोजकले जनाएको छ । माघ २ गते देखि सुरु भएको खेलमा सिरहा सप्तरीको जम्मा १६ वटा टिमको सहभागीता रहेको खेलमा कमलदहा सप्तरी टिमले वेल च्याम्पियन वेल डिसिप्लिन पुरस्कार पाउन सफल भएको थियो । स्थानीयबासी , गाउँपालिकाको विशेष सहयोगमा संचालित खेलको समापन समहरोहमा गाउँपालिका प्रमुख दयानन्द गोईतले भने खेलकुदको बिकास गर्न गाउँपालिका अलिकति पनि पछि नपर्ने प्रत्तिबद्द्ता व्यक्त गरेका छन । स्थानीयबासीको सहयोग रहेमा गाउँपालिकाको प्रत्येक वडामा खेलकुदको ब्यस्थित मैदान तयार गर्न आफू प्रतिबद्ध रहने अध्यक्ष गोईतको भनाइ रहेको थियो । जगेडा कोषबाट खेलमैदानका लागि लगानी गर्ने भन्दै अध्यक्ष गोईतले भने समृद्धिको यात्रालाई सफल बनाउन खेलकुदको पनि त्यतिकै महत्त्व छ , ´स्थानीयको सहयोगको अपेक्षा गरेको छु , गाउँपालिकाको प्रत्येक वडामा स्टेडियम तयार हुन्छ । खेलमा पवन शर्मा र नरेश यादवले एम्पायरको भुमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

दोस्रो सुरुङा राष्ट् ...

ओम प्रकाश  यादव लहान , फागुन ५ । महिला तथा बालबालिका सशक्तीकरणलाई मूल नारा बनाउँदै दोस्रो सुरुङ ...

सुरुङा न.पा.मा नवनिर ...

लहान फाल्गुण ४। सुरुङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कुशहामा नवनिर्मित प्रशासकीय भवनको समु ...

उखु खेतीमा आगलागी, म ...

लहान, फागुन ४ । लहान नगरपालिका–१३ मा उखु खेतीमा आगलागी हुँदा स्थानीय किसानहरूलाई ठूलो क्षति पु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१