ताजा समाचार

बालविवाह र दहेज लेनदेनको खबर प्राप्त भए प्रहरीलाई तत्काल खबर गर्न : प्रजिअ अधिकारीको आग्रह

  • माघ १०, २०७६
  • ११२२ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया सिरहा ,माघ १० गते । समाजमा भइरहेको बालविवाह र दहेज लेनदेनको खबर प्राप्त भए तत्काल प्रहरीमा खबर गर्न सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बिद्यार्थी संग आग्रह गरेका छन् ।

समग्र समग्र जनउत्थान केन्द्र लहान सिरहाले सहज परियोजना अन्तर्रगत आयोजना गरिएको लैंगिक हिंसा तथा लागुऔषध सम्बन्धी विद्यार्थीहरु संग अन्तरक्रिया कार्यक्रममा यस्तो कुरो बताउनु भयो ।

सिरहाको सिरहा नगरपालिका १७ सीमावर्ती क्षेत्र माड़र स्थित रहेको सामुदायिक बिद्यालय ब्रजमोहन झब्बूराम जनता माध्यमिक विद्यालयमा बिद्यार्थी भएको लैंगिक हिंसा तथा लागुऔषध विषयक अन्तरक्रियमा विधार्थी संग आग्रह गरेका हुन ।

मन्तव्य राख्ने क्रममा विशेष गरी लागुऔषधको कुलतमा नलाग्न र मधेशमा भैरहेको बालविबाह , दहेज प्रथा जस्ता अन्य बिकृतीलाई सबैले मिलेर रोकथाम गर्नु जरुरी रहेको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो।

समाजमा विकराल रुपमा रहेका लागुऔषधको समस्याले युवा पीढ़ीको भविष्य धरापमा गइरहेको छ । यस्ता समस्यालाई न्यूनीकरण गर्नका लागि यस कार्यक्रममा कक्षा ९,१०,११र१२ विद्यालय पढ्दै गरेका विद्यार्थीहरुलाई लक्षित गरी समाजको विकृति हटाउन सहयोग हुने उद्देश्यले विद्यालय सम्पर्क कार्यक्रम आयोजना गरिएको सिरहा युथ नेपालकी अध्यक्ष शशि मित्रा ऋषि माझी मुसहरले जानकारी दिनु भयो ।

अध्यक्ष शशिका अनुसार समग्र जन उत्थान केन्द्र लहान सिरहा द्वारा संचालित सहज परियोजना कार्यक्रम अन्तर्रगत सामुदाय प्रहरी-साझेदारी कार्यक्रमको उद्देश्य प्राप्तिका लागि स्थानीय युवा क्लबको संयोजनमा समग्र जनउत्थान केन्द्र लहानले आयोजना गरेको कार्यक्रममा सिरहा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको प्रमुख आतिथ्यमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी , सिरहा नगरपालिका १७ नम्बरका वड़ा अध्यक्ष महेन्द्र प्रसाद मगरदैता यादव , जिल्ला प्रहरी कार्यालय सिरहा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्चार्ज प्रहरी निरिक्षक बेचन यादव ,बीओपी ब्यारेक माडर खैरटोकाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक शंकर दहाल लगायत विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन पत्रकार दिलिप सहनीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤