Siraha Times
ताजा समाचार

सशस्त्र प्रहरीद्वारा ४ करोड बढीका भन्सार छलीका समान बरामद

  • माघ ८, २०७६
  • १५९४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

श्याम कुशवाहा÷वीरगञ्ज,०७ माघ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ हेडक्वाटर राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्मले चालु आर्थीक वर्षको ६ महिनामा ४ करोड भन्दा बढीका भन्सार छलीका माल समानहरु बरामद गरि भन्सार कार्यालयमा बुझाएको छ । भन्सार राजश्व गस्ती गुल्मको एरीया पर्ने पर्सा र बाराका सिमा नाकाहरुबाट अवैध रुपमा भन्सार छली भित्रयाइएको ४ करोड ७ लाख २१ हजार ७ सय ७६ रुपैया बराबरको विभिन्न समानहरु बरामद गरिएको गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिनु भयो । खुला सिमा नाका कारण हुन सक्ने अपराधीक गतिविधिहरुमा नियन्त्रण तथा भन्सार चोरी तस्करीलाई कडाईका साथ नियन्त्रणका लागी भन्सार गुल्मबाट खटिएको सशस्त्र प्रहरीको टोलीले विभिन्न मितिहरुमा बरामद गरेका समानहरुमा सबै भन्दा धेरै रकम सवारी साधनहरुको देखिएको छ ।

अवैध रुपमा भन्सार छली तथा बेवारिसे अवस्थामा कागज पत्र नभएको भेटिएपछि २ करोड ३९ लाख ९७ हजार रुपैया मुल्य बराबरका विभिन्न सवारीका साधनहरुलाई नियन्त्रणमा लिएर भन्सार बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले बताउनु भयो । त्यसैगरी अवैध रुपमा भन्सार चोरी पैठारी गरि भित्रयाइएको ५३ लाख ९५ हजार १ सय २८ रुपैयाको लत्ता कपडा, नेपालमा प्रतिबन्धीत भारतीय र नेपाली रुपैया गरेर ३६ लाख ३३ हजार पच्चीस रुपैया, हार्डवेयर २० लाख ४२ हजार ९ सय पच्चास रुपैया, पशु चौपाया १७ लाख ३० हजार रुपैया, किराना १७ लाख १० हजार ८ सय ६४ रुपैया रहेको छ । त्यसैगरी मोटरपार्टस ७ लाख ७६ हजार २ सय ३० रुपैया, मोबाईल कमप्युटर पार्टस र टिभी ५ लाख ६८ हजार ३ सय ८५ रुपैया, चाँदी ३ लाख ५२ हजार ६ सय ५१ रुपैया, औषधी २ लाख ५ हजार ५ सय ९८ रुपैया, भाडा वर्तन १ लाख ८० हजार ९ सय ९५ रुपैया, मरिच ७५ हजार ९ सय पच्चास र तरकारीबाट ५३ हजार गरि यो आर्थीक वर्षको छव महिनामा उक्त रकम बराबरको भन्सारी छलीका समान पक्राउ गरि भन्सार दाखीला गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले बताउनु भयो ।

१० हजार पीस लागुऔषध एम्पुल बरामद चालु आर्थीक वर्षको श्रावण महिना देखी माघको पहिलो हप्ता सम्ममा नेपालमा प्रतिबन्धीत लागुऔषध एम्पुल १० हजार पीस बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिनु भयो । सिमावर्ती भारतीय शहर रक्शौलबाट विभिन्न माध्यमबाट नेपाल प्रवेश गर्ने विभिन्न व्यक्तीहरु तथा सवारीका साधनहरुलाई शंका लागी चेकजाच गर्ने क्रममा लुकाई छिपाई ल्याइएका लागुऔषधहरु डाईजोल्याब ३ हजार ७ सय २ पीस, फेनार्गन ३ हजार ३ सय ९७ पीस, नोर्फिन ३ हजार ४ सय १४ पीस, वीन सिरेक्स ४२ बोतल, ब्राउन सुगर २ ग्राम र नाइट्राभेट टयाबलेटस ४ सय ३० पीस लागूऔषधहरु सहित पक्राउ परेका व्यक्तीहरुलाई स्थानीय प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले बताउनु भयो ।

चेलीबेटी बेचबिखन ओसार पसारमा कडाई तथा विदेशी नागरिक पक्राउ राजश्व चुहावट नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले सिमा नाकाको रक्षा तथा अवैध चोरी पैठारी नियन्त्रणका साथै नेपालबाट भारततर्फ हुने चेली बेटी बेचबिखन तथा ओसार पसारमा नियन्त्रण गर्न समेत कडाईका साथ सक्रिय भएर लागेपछि भारतमा बेचिन लैजादै गरेको अवस्थामा कैयौ चेलीहरुको उद्धार समेत गरेको छ । त्यसैगरि राहदानी विनानै नेपाल प्रवेश गर्ने ४ जना भुटानी नागरिक सहित १ जना तिब्बतीयन नागरिकलाई समेत पक्राउ गरि अध्यागमन कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले बताउनु भयो । बिभिन्न अपराध लागुऔषध ओसार पसार, मानव बेच बिखन तथा अन्य अपराधीक क्रियाकलापमा संलग्न ३२ जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१