जनकपुर सहित देशभर धुमधामका साथ मनाउदै

  • चैत ११, २०७४
  • १०८७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत ११ । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिनको अवसरमा प्रत्यक बर्ष मनाईने रामनमी महोत्सव जनकपुर सहित देशै भरी र्हषौलाशका साथ मनाउदै छ । वैदिक सनातन धर्म मान्ने समाजमा राम नवमीको स्थान महत्वपूर्ण छ । सरकारी विदा पनि छ आज । यस हिसाबले रामनवमी राष्ट्रिय चाडकै रूपमा स्थापित छ ।राम नवमीका अवसरमा  जनकपुरमा मेला लागेको छ भने भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।नेपालमा रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामको पूजा आराधना गरी मनाइँदै छ । रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । भनिन्छ, गोस्वामी तुलसीदासले रामचरितमानसको रचना आरम्भ पनि यसै दिन गरेका थिए ।

त्रेता युगमा मर्यादा पुरुषोत्तमका रूपमा सुपरिचित राम सूर्यवंशी राजा दशरथले गरेको पुत्रेष्टि यज्ञको प्रसादस्वरूप दशरथकी जेठी रानी कौशल्यावतीको गर्भबाट जन्मिएका हुन् । रामले मिथिलाका राजा जनकको प्रतिज्ञाअनुसार शिवधनु भाँचेर सीतालाई पत्नी रूपमा प्राप्त गरे । सीतालाई हिन्दूहरू लक्ष्मीको साक्षात् रूप मान्छन् भने रामलाई क्षितिपालक भुषण परमात्मा स्वरूप मान्दछन् ।रामका तीन भाइ थिए९ लक्ष्मण, भरत र शत्रुघ्न । रामायणका अनुसार भगवान् विष्णुले आफ्ना सोह्रै कलाहरू राजा दरशथको घरमा अलग अलग रूपले श्रीराम ९१३ कला०, लक्ष्मण ९२ कला०, भरत र शत्रुघ्न क्रमशः एक एक कलामा विभाजित गरेर चारजना पुत्रको रूपमा जन्म लिएका थिए । रामलाई रघुनाथ, राघव, रघुपति, रामचन्द्र आदि थुप्रै नामले चिनिन्छ । मर्यादा पुरुष श्रीराम पितृ वचन पालन गर्नेहरूमध्ये एक अग्रणी हुन् । हनुमान रामका सबैभन्दा ठूला भक्त मानिन्छन् । रामले राक्षस जातिका खर, दूषण, त्रिशिरा, कुम्भकर्ण तथा वानरराज बालिका साथै राक्षसराज रावणको वध गरे । हिन्दू धर्मका दसैं, रामनवमीजस्ता चाडपर्व रामको जीवन कथासँग जोडिएका छन् ।

‘राम’ को अर्थ लगाइन्छ९ रमन्ते योगिनो यस्मिन् स रामः । अर्थात् योगीगण ध्यानका क्रममा जसलाई देख्छन्, जसमा योगीहरूको चित्त रमाउँछ उनै राम हुन् । तन्त्रशास्त्रमा रामको अर्थ छ९ कल्याणकारी अग्नि एवं प्रकाश । उनै परमात्माका अवतार भनिएका रामका जीवनका अनेकौं आयाम छन् । उनका कर्म हेरेर कसैले उनलाई मर्यादा पुरुषोत्तमका रूपमा सम्मान गरे भने आधुनिक युगका कतिपयले उनको सोही कर्ममा खोट लगाउने गरिएको समेत पाइन्छ । रामका जीवनमा केही यस्ता प्रसंग छन् जसका आधारमा उनको मूल्यांकन गर्न सकिन्छ । उल्लेख्य कुरा के छ भने रामका तार्किक विरोध गर्नेहरूले समेत राम आफैंमा खराब थिएनन् बरु आसेपासे, सल्लाहकार व्राह्मणवर्ग तथा ऋषिमुनि आदिको दबाबका कारण वर्तमान परिप्रेक्ष्यमा गलत काम गरेका हुन् भनेका छन् ।

रामको जीवनकाल र पराक्रम महर्षि वाल्मीकिद्वारा रचित संस्कृत महाकाव्य रामायणमा वणिर्त छ । तुलसीदासले पनि भक्ति काव्यका रूपमा श्री रामचरितमानसको रचना गरेका थिए । नेपालमा पनि आदिकवि भानुभक्त रामायणकै कारण ख्यातिप्राप्त छन् । राम उत्तर भारत र नेपालमा धेरै पूजनीय छन् । उनी हिन्दूहृदय सम्राट् तथा आदर्श पुरुष हुन् ।आफ्नो सुखको पछि नलाग्ने, मान्यजनको आदेश शिरोपर गर्ने, एक पत्नीव्रत पालन गर्ने तथा कर्तव्य निर्वाहका लागि कुनै सम्झौता नगर्नेजस्ता थुप्रै आदर्श गुण छन् राममा । यस्ता आदर्श गुणकै कारण राम भगवान्कै रूपमा पुजिएका हुन् । 

प्रतिक्रिया दिनुहोस

प्राकृतिक प्रकोप बाट ...

रहमुल लहान ६ मंसिर सिरहा र सप्तरी जिल्लाका धगनढीमाई, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी, भगवानपुर, र ...

बरिष्ठ फिजिसियन डा. ...

रहमुल लहान ५ कार्तिक मोरङको विराटनगर–११, महेन्द्र चोक स्थित पारस मल्टिस्पेशालिटी अस्पताल प्रा. ...

जसपा नेपाल सखुवानन्क ...

ओम प्रकाश यादव लहान ४ मंसिर सिरहाको सखुवानन्कारकट्टी गा.पा. ४ सखुवा गाउँको रामजानकी मन्दिर प्राङ्गणम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१