बुद्ध एयरको जनकपुरबाट काठमाण्डौंको भाडा १८ सय

  • माघ ४, २०७६
  • ४०७४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

माघ ४ । बुद्धले जनकपुरबाट काठमाण्डौंका लागि १८ सय भाडा निर्धारण गरेको छ । बुद्ध एयरले भाडा घटाएपछि ग्राहकहरु समेत खुसी भएका छन भने बुद्ध एयरप्रति आकर्षण बढेको छ । यता जनकपुरधाम विमानस्थलबाट माघ ६ गतेदेखि रात्रीकालीन विमान चलाइने तयारी भइरहेकोे छ । आवश्यक सम्पूर्ण तयारी पुराभएपछि पहिलो र दोस्रो चरणको टेस्ट सम्पन्न भएकाले माघ ६ गतेदेखि प्रत्येक राती बुद्ध एयर जनकपुरधाम आउने बुद्ध एयर जनकपुरधामका प्रमुख विजय सिंहले जानकारी दिएका छन । सिंहका अनुसार रात्रिकालीन उड़ानको लागि बिभिन्न चरणमा टेस्ट हुने गर्छ त्यसको प्रक्रिया सम्पन्न भइसकेको छ । जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको विमान जेठ महिनामा पहिलो टेष्टीगंको रुपमा अवतरण गरेको थियो भने दोस्रो टेष्टीगं यसै साता गरिएको छ । यस अघि नै रात्रीकालीन सेवा सुरु गर्न आवश्यक रहेको ‘रनवे लाइट’ र ‘आइएफआर’ जडान भएर जाँचसमेत भइसेको छ । रात्रीकालीन सेवाका लागि अन्य प्राविधिक कार्यहरु यसअघि नै पुरा भइसकेपनि वरिपरि रहेका रुखहरु समस्याको रुपमा देखिएको थियो । बाधक बनेको रुखहरु पनि काटेर हटाइएको छ । विमानस्थल वरिपरि अग्ला देखिने प्रजातीका झण्डै चार सय रुख काटिएको छ । रात्रीकालीन सेवा सुरु हुँदा सानोतिनो काम भएकाहरु सोहिदिन काम गरेर फर्कन सक्ने जनकपुरधामका व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१