Siraha Times
ताजा समाचार

शहिदनगरमा प्रथम चौमासिक २ दिने समिक्षा गोष्ठी सम्पन्न

  • माघ ४, २०७६
  • १०३४ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

धनुषा माघ ४ गते । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया ९यादव० ले शहिदनगर नगरपालिका स्वास्थ्य क्षेत्रमा बलियो र मजबुत भएको बताउनुभएको छ । 


शुक्रबार दिउँसो नगरपालिकाको स्वास्थ्य समितिले आयोजना गरेको २ दिने समिक्षा कार्यक्रममा बोल्दै उहाँले धनुषामै अन्य नगरपालिका भन्दा ९ वटै वडामा स्वास्थ्यचौकी, स्वास्थ्य केन्द्र रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा नगरपालिका बलियो भएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रलाई सफाईमा ध्यान दिन सबै स्वास्थ्य चौकीका ईन्चार्जहरुलाई आग्रह गर्नुभयो । 

 

शहिदनगर नगरपालिकाको नगर स्वास्थ्य समितिले आयोजना गरेको नगरपालिका स्तरीय स्वास्थ्य सँस्थाहरुको प्रथम चौमासिक २ दिने समिक्षा गोष्ठीमा मेयर बरबरियाले स्वास्थ्य सँस्थाहरुको अवस्था, अपेक्षा र सुधार गर्नुपर्ने तत्वहरुको बारेमा बताउनुभएको थियो । स्वास्थ्य जस्ता संवेदनशिल क्षेत्रमा सरसफाई अनिवार्य हुनुपर्ने बताउँदै उहाँले सरसफाईको लागि थप बजेट दिन तयार रहेको बताउनुभयो । 

 

उहाँले नगरको ९ वटै स्वास्थ्य सँस्थामा कार्यालय सहयोगी नभए सरसफाईको लागि कर्मचारी राख्न निर्देशन दिनुभयो । ९ वटै वडामा स्वास्थ्य सँस्था भएपनि यहाँका स्थानीयहरुलाई मध्यनजर गर्दै यदूकूहामै यथाशिघ्र ईमरजेन्सी सेवा सँचालन गर्न लागेको बताउनुभयो । उहाँले ईमरजेन्सी सेवा सुचारु भएपछि जनकपुर वा त्यहाँभन्दा पर जानुपर्ने बाध्यता न्यून हुने बताउनुभयो । 

 

स्वास्थ्य कार्यालय जनकपुरका तथ्याँक अधिकृत सुरेश यादवको विशेष उपस्थितिमा साउन, भदौ, असोज र कार्तिक महिनाको लागि प्रथम चौमासिक उपर दुई दिनसम्म समिक्षा चल्ने जनाइएको छ । ४ महिनाको अन्तरालमा नगरको स्वास्थ्य क्षेत्रमा भएको प्रगति, सुधार गर्नुपर्ने कुराहरु, थप्नुपर्ने योजनाहरु, औषधीहरुको बारेमा एनिमेशन प्रस्तुत गरिनेछ । 

समिक्षा कार्यक्रममा शहिदनगर नगरपालिकाकी उप प्रमुख शिला देवी कापर, प्रमूख प्रशासकीय अधिकृत नन्द कुमार झा, लेखा अधिकृत लोक बहादुर नेपाली, स्वास्थ्य शाखा प्रमुख कपिलदेव प्रसाद अधिकारीको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा ९ वटै वडामध्ये स्वास्थ्यचौकी बालाबाखरका ईन्चार्ज तुलाकृष्ण गोईत, चोराकोयलपुरका ईन्चार्ज देवशरण महरान, प्राथमिक स्वास्थ्य केन्द्र यदूकूहाका सिनियर अहेब शंकर मण्डल, स्वास्थ्यचौकी ननुपट्टीका ईन्चार्ज हरिनारायण साह, पचहर्वाका  फुलगेन मण्डल, हडबाराका विजय कुमार साह, धबौलीका हे।अ। रिँकु कुमारी मण्डल, विसरभोराका ईन्चार्ज नुतन कर्ण गोईत र गोठ कयलपुरका वीरेन्द्र कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो । 

 

 

 

प्रतिक्रिया दिनुहोस

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

खडक नगरपालिकाको १८औँ ...

ओम प्रकाश यादव लहान, असार ११ । “खडक नगरपालिकाको अभियान, समाजवाद उन्मुख आधार निर्माण” भन् ...

सीपमूलक तालिमपछि आत् ...

ओम प्रकाश यादव लहान, असार ११। सिरहाको लहान नगरपालिका वडा नम्बर ९ मा स्थानीय महिलाहरूको आर्थिक सशक्ति ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१