ताजा समाचार

पत्रकारसँग दुव्र्यवहार र कुटपिट घटना बारे दिए पत्रकारहरुले आन्दोलनको चेतावनी

  • माघ ४, २०७६
  • ८११ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम, माघ ३ गते ।
पत्रकारसँग दुव्र्यवहार र कुटपिट घटना बारे गरिएका ९ बुँदे सहमति कार्यान्वयनको मांग धनुषा स्थित पत्रकारसँग आबद्ध संघ संगठनहरुले आन्दोलनको चेतावनी दिएका छन ।

पुस २२ गतेका दिन जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहको कार्यकक्षमा उनकै निर्देशनमा समाचार संकलनका गएका पत्रकारहरुलाई दुव्र्यवहार तथा कुटपिट गरिएको थियो ।

सो घटना बारे जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख प्रदीपराज कणेलको रोहबरमा दोषीहरुको पहिचान गरी कारवाही गर्ने सहितका पत्रकार महासंघ धनुषा र जनकपुरधाम उपमहानगरपालिकाबीच विभिन्न राजनीतिक दलको उपस्थितिमा ९ बुँदे सहमति गरिएको थियो ।

तर सहमतिको ५ दिन बितिसक्दा पनि प्रमुख जिल्ला अधिकार कणेलले आफूले गराएको सहमति कार्यान्वयन गर्न नसक्दा बाध्य धनुषा स्थित पत्रकार सँग आबद्ध विभिन्न संघ संस्थाहरुले सहमति तत्काल कार्यान्वयन नभए आन्दोलनमा जाने सहितको संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन ।

प्रेस विज्ञप्ति जारी गर्नेहरुमा प्रेस संगठन नेपाल धनुषा, मधेशी पत्रकार समाज धनुषा, प्रेस मञ्च नेपाल धनुषा र प्रेस नेपाल धनुषा रहेको छ । उनीहरुले सहमति कार्यान्वयन गराउन दबाव स्वरुप यो प्रेस विज्ञप्ति जारी गरिएको हो । यदि सहमति कार्यान्वयन नभए हामीहरु विभिन्न दबावमूलक आन्दोलनमा जाने बाध्य हुनेछौ बताएका छन ।

पत्रकारहरुमाथि भएको सो अमानविय घटनापछि नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा भएको आकस्मिक बैठकबाट जनकपुरधाम उपमहाननगरपालिकाका प्रमुख लालकिशोर साहको समाचार बहिष्कार गर्नका लागि संचार संस्था र संचारकर्मीहरुलाई अनुरोध समेत प्रेस विज्ञप्ति मार्फत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤