लहानमा एक महिने मन्टेश्वरी तालिम सम्पन्न

  • माघ ३, २०७६
  • १६०७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ३, माघ । आजको युग प्रबिधिमुलक शिक्षाको युग भएकोले आम समुदाय सबैले प्रबिधिमुलक शिक्षामा जोड दिन रोजगारी सर्भिसेज प्रा.लि.का सिप कार्यक्रम अन्तर्गत रोजगारी पसलका प्रेजेक्ट म्यानेजर मनोज सुनवारले बताउनुभएको छ । सिरहाको लहानमा एक महिने मन्टेश्वरी तालिमको समापन समाहरोहको प्रमुख अतिथिको आसन्न बाट बोल्दै उहाँले सिप भएको मानिस जहाँ पनी बिक्न सक्ने भन्दै सिप मुलक शिक्षामा जोड दिएमा मात्रै देश समृद्ध हुने बताए । सरकारको समृद्धीको नारालाई पुर्णता दिन हरेक नेपाली स्वदेशमै रोजगारी हुन आब्यशक रहेको भन्दै सिप कार्यक्रमले सरकारको समृद्धीको नारालाई पुर्ण रुपमा सहयोग गरिरहेको उनले दाबी गरेका छन । अर्के प्रसङ्गमा उहाँले सिरहाको लहानमा मन्टेश्वरी तालिमले नव आगन्तुक शिक्षण गर्न चाहने ब्यक्तिहरुको शिक्षण सिपमा धेरै नै साकारात्मक सहयोग पुग्ने विश्वास ब्यक्त गरेका छन ।

प्रदेश नम्बर – २ सरकारको सीप कार्यक्रम अन्तरगत युके एडको आर्थिक तथा प्राबिधिक सहयोग र जागरण नेपाल लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नम्बर – २ को सहकार्यमा भएको तालिमको समापन समाहरोहको अध्यक्षता गर्नु भएका जागरण नेपालका अध्यक्ष ज्ञानेन्द्र राय दनुवारले भने जो संग सिप र ज्ञान छ त्यो मान्छे अहिलेको युगमा पावर फुल छ , ‘ एक महिनाको मन्टेश्वरी तालिम लिन कम्तीमा ४० देखी ४५ हजार रुपौया खर्च गर्नु पर्छ तर हाम्रो संस्थाले निशुल्क तालिम संचालन गरेको उनले बताए । अध्यक्ष रायले तालिममा सहभागी भएका २५ औं जनालाई रोजगारी दिन संस्थाले पहल गरिरहेको छ र एक महिना भित्रमा सबैले रोजगारी पाउने प्रतिबद्धता ब्यक्त गरे । तालिममा विभिन्न मन्टेश्वरी र बोर्डिङ स्कुलका शिक्षक र नव आगन्तुक शिक्षण गर्न चाहने ईच्छा भएका व्यक्तिहरुलाई शिक्षण पेशामा दक्ष बनाउनका लागि तालिम संचालन भएको थियो ।

तालिमको समापन समाहरोहमा पशुपती आदर्श माबि का सह– प्रधानाध्यापक अलख नारायण मिश्रले मन्टेश्वरी स्कुलमा बिबाहित महिलाहरु अध्यापन गराएमा उपल्बधी हुने तर्क गरे । उहाँले बिवाहित बच्चा भएका महिलाहरुलाई बच्चा स्यहारको पुर्ण रुपमा अनुभव रहेकोले मन्टेश्वरी शिक्षण प्रभावकारी हुने उनले बताए । तालिमका सहभागिहरुले भने यो तालिम निकै नै प्रभावकारी रहेकोले बिच बिचमा पुनः यो तालिमको आयोजनाका लागि आयोजक संस्था संग माग गरेका छन । यो तालिमबाट कागजको माध्यमबाट चित्र बनाउने बिधिहरु सिकेको सहभागीहरु मध्ये एक जना अन्जु के.सी.ले बताईन् । कागज लगायत पातको माध्यमबाट पनी बच्चाहरुलाई पढाउने बिधिहरु यस तालिमबाट सिकेको उनले थपिन् । तालिम नलिनु पुर्व धेरै जान्ने आफुलाई बुझथे तर तालिम लिएपछी मन्टेश्वरमा पढाउने बिधिमा कमी रहेको अर्कि एक जना सहभागी रन्जना कुमारी यादबले स्विकारिन् ।

औपचारीक शिक्षाले मात्रै नभई सिप भएमा दक्षता निखार्न सकिन्छ भन्दै यो तालिमले आफुहरुमा थप उर्जा प्रप्त भएको अधिकासं सहभागिहरुको कथन रहेको थियो । जागरण हरेराम साफीले उदघोष गरेको कार्यक्रमको स्वागत मन्तब्य जागरण नेपालका कार्यक्रम संयोजक सरोज रायले गर्नुभएको थियो । तालिमको सहजीकरण अच्युत गौतम र लक्ष्मी खडकाले गरेका थिए । रोजगारी सर्भिस प्रा. लि. को आयोजनामा संचालित तालिमले आफ्नै देशमा रोजगार गर्न चाहने बेरोजगार जनशक्तिलाई सीप र क्षमता अनुसारको रोजगारमा दक्ष बनाई स्वदेशमै रोजगार दिने लक्ष्य समेत राखेको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

कपिलवस्तु क्षेत्र नं ...

धर्मेन्द्र कुमार कुर्मी, विजयनगर  कपिलवस्तु चैत २४ । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१