ताजा समाचार

सिरहाको लहानमा बसपार्क सञ्चालन सडक दुर्घटना कम हुने स्थानीयमा खुशी

  • माघ ३, २०७६
  • १२५० पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , ३ माघ सिरहा - सिरहाको लहान नगरपालिका १ सिङ्गराही स्थित नवनिर्मीत लहान वसपार्क आज एक कार्यक्र विच वसपार्कलाई उदघाटन गरि सञ्चालन भएको छ । प्रमुख अतिथी लहान नगर प्रमुख मुनि साहले नौ महिना अगाडि एक कार्यक्रम विच प्रतिवध भई नौ महिना भित्रै वसपार्क सञ्चान गर्ने प्रतिवध भइका थिए । वसपार्क सञ्चलन भएको छ महिना भित्र वसपार्कलाई कालोपत्रे गरि आकर्षक बनाउने बताउनु भयो । सिरहा जिल्लाको विकासको तुलनामा लहानमा आठ लाईनको बाटो निर्माण हुने र ३१ मिटर सम्म खालि राखनु पर्ने पटक पटक सुचना जारि गरि सकेको मेयर साहले बताए । लहान नगरपालिकाले धेरै सञ्जालहरु बनाएर काम गरि रहेको र सबै मिलि एक सुत्रिय भएर अगाडि बढनु पर्ने मेयर साहले जोड दिनु भयो । केहि महिना भित्रै नगर वस संचालन गरिने,वेरोजगारी समस्या समाधान गर्ने तिर अग्रसर हुदैछौ । अब जथाभावि बाटोमा गाडि पार्कीङ्ग गरेमा नियत्रणमा लिई कार्वाही गर्ने वस व्यवसाय र लहान उद्योगवाणिज्य संघ लाई ध्यानआकर्षण गराउनु भयो । प्रदेश २ कै बस पार्क मध्ये तेस्रो,चौथो प्रेसकृत बस पार्कको दयारामा रहेको साहले बताए । लहान नपा र लहान वस व्यवसायको आयोजनामा भएको थियो भने लहान नपा १ का वाडा अध्यक्ष फगु चौधरीको सभाध्यक्षमा सम्पन कार्यक्रममा राजनितिक दल,वुद्विजिवि,समाज सेवि,पत्रकार,बस व्यवसाय संघ,ईलाका प्रहरी कार्यालय लहानका डिएसपी सरद थापा,सस्त्र प्रहरी लहानका डिएसपी अर्जुन सापकोटा लगायत सयौको सहभागिता रहेको थियो । ४ करोडको लागतमा निर्माण भएको र अझै २ करोड व्यवस्थित गर्न लाग्ने बस पार्कका संचालक महेश गुप्ताले बताए । बस पार्क संचालन भएकोले लहान बासीमा खुसि देखिएका छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤