ताजा समाचार

सिरहाको लहानमा सल्हेश नामक पुस्तक बिमोचन

  • चैत २९, २०७४
  • ७५५ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

सिरहाको लहानमा एक कार्यक्रमका बिच आज मिथिलाक सपुत राजा सल्हेश नामक पुस्तकको बिमोचन गरिएको छ ।राम भरोस कापडि भ्रमरद्धारा लिखित सो पुस्तको प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले बिमोचन गर्नुभएको छ । कार्यक्रममा राजा सल्हेशको ईतिहास रहेपनि हाल गौण अवस्थामा रहेकोले त्यस्ता ईतिहास र ऐतिहासिक वस्तु तथा स्थानहरुको सँरक्षण हुनुपर्नेमा प्रदेश प्रमुख कायस्थले जोड दिनुभएको छ । बिमोचन गरिएको पुस्तकको बिषयमा मित्र राष्ट्र भारतबाट अतिथिका रुपमा आउनुभएका चन्द्रेश, डा. महेन्द्र नारायण राम, डा. बुचरु पासवान लगायतले बिश्लेषण गर्नु भएको थियो । भोरको आयोजनामा आयोजित सो बिमोचन कार्यक्रममा प्रदेश नंं २ का प्रदेश सभाका साँसद शैलेन्द्र कुमार यादव, लहान उप महानगरपालिकाका उपमेयर सरियार चौधरी, पत्रकार महासँघका अध्यक्ष, भोरका अध्यक्ष राज कुमार महतो सहितको उपस्थिती रहेको थियो ।प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममो अध्यक्षता राम भरोस कापडि भ्रमरले गर्नुभएको थियो । त्यही कार्यक्रममा सल्हेश नामक फिल्म पनि छिटटै निर्माणका क्रममा रहेको जानकारी भोरका अध्यक्षले गराएका थिए । कार्यक्रम पश्चात प्रदेश प्रमुख कायस्थ सल्हेश स्थानमा बर्षमा एक पटक मात्र फुल्ने फूलको अवलोकन तथा दर्शनका लागि पुग्नुभएको थियो । Cp

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤