Siraha Times
ताजा समाचार

पर्यावरण सहिदको माग गर्दै : सिरहाको लहानमा नेपाल कुशवाहा बिद्यार्थीले मनायो श्रद्धाञ्जली

  • पुस २८, २०७६
  • १०८२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा २८ पौष ।  अबैध उत्खन्न विरुद्धको अभियन्ता दिलिप भनिने ओम प्रकाश महतोको हत्यामा संलग्न दोषीलाई कडा कारवाहीको माग गर्दै सिरहाको लहानमा नेपाल कुशवाहा विद्यार्थी कल्याण समाज आज सिरहाको लहानमा भबिय रूपमा श्रद्धाञ्जली अर्पण गरेका छन् । नेपाल कुशवाहा विद्यार्थीका जिल्ला अध्यक्ष मुकेश कुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला भरिका अधिकान्स कलेज र स्कुलहरुको कुशवाहा विद्यार्थीहरुको कार्यक्रममा सहभागिता रहेको आयोजकले बताए । प्रदर्शन गरिएको छ । विद्यार्थीहरुले श्रद्धाञ्जली अर्पण गर्दै पर्यावरण सहिद घोषणाको माग गरेका छन् । तृतक लाई सहिद घोषणा न भए नेपाल कुशवाहा समाज र नेपाल कुशवाहा विद्यार्थी कल्याण समाज देश ब्यापी रूपमा आन्दोलन गर्ने विद्यार्थी उपाध्यक्ष महेश कुमार महतो ले बताए । कार्यक्रममा हजारौं विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

शुक्रवार टिपरले किचेर हत्या गरिएका २४ बर्षिय दिलिपको हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै आईतवार याली निकालेर प्रदर्शन गरिएको थिए । सिरहा , सप्तरी , धनुषा , मोहोतरी लगायत जिल्लाहरुमा पर्दर्शन गरेका थिए । सोमबार लहानबाट निकालिएको रयाली नगर परिक्रमा गरेका थिए। यालीमा सहभागीहरुले हत्यारालाई फासी दे, दिलिपलाई पर्यावरणीय शहिद घोषण गर, दिलिपलाई न्याय दे, अवैध उत्खनन् बन्द गर लगायतका प्लेकार्डसहित नारा लगाएका थिए ।

रयालीमा सहभागीहरु नगर परिक्रमा गर्दै लहानको सहिद चौकमा पुगेर कोणसभामा परिण भएका थिए । निकालिएको यालीमा स्थानिय युवा, विद्यार्थी, नागरिक समाजल गायतको उल्लेख्य सहभागिता रहेको थियो । शुक्रवार धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित घरनजिकै रहेको औरही खोलामा अवैध उत्खनन् रोक्न गएको समयमा टिपरले किचेर दिलिपको हत्या गरेको प्रत्येक्ष दर्शीले बताए । दिलिप हत्याको आरोपमा चारजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका विपिन कुमार महतो, मुनिन्द्र महतो, जितेन्द्र कुमार महतो र रोशन कुमार यादवलाई आरोपितको रुपमा शनिबार बेलुका धनुषा प्रहरीले पत्रकार सम्मेलन सार्वजनिक गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१