ताजा समाचार

विकास साह र सुप्रिया मण्डलले जीते मिस्टर एण्ड मिस सिरहाको उपाधि

  • पुस २७, २०७६
  • ११९६ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

सिरहा, पुष २७ गते । सिरहामा भएको मिस्टर र मिस सिरहाका लागि विकास साह र सुप्रिया मण्डलले मिस्टर र मिस सिरहाको उपाधि जितेका छन् । सिरहाको लहानमा शुक्रबार भएको मिस्टर एण्ड मिस सिरहा सिजन (टु) दुईको फिनाले कार्यक्रममा सिरहाका विकास साह र सुप्रिया मण्डलले मिस्टर र मिस सिरहाकाे उपाधि जितेका हुन्।

मिस्टर एण्ड मिस सिरहा सिजन (टु) दुईको कार्यक्रम केएसआर प्रोडक्सन नेपाल प्रालि काठमाडौंको आयोजनामा भएको थियो । उक्त कार्यक्रममा सिरहा नगरपालिका १७स्थित माडर बजार घर भएका विकास साह र लहान नगरपालिकाकी सुप्रिया मण्डल मिस्टर एण्ड मिस सिरहामा घोषित भएका छन् । उक्त प्रतियोगितामा १६ वर्षदेखि २५ वर्ष उमेर समूहका १७ जना युवायुवतीको सहभागितामा कार्यक्रम भएको थियो ।

मिस्टर र मिस सिरहा घोषित साह र मण्डललाई पूर्व शिक्षामन्त्री तथा नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य चित्रलेखा यादवले उपाधि प्रदान गर्नुभएको थियो । मिस्टर र मिस सिरहा दुवै जनालाई ५०–५० हजार राशीको नगद पुरस्कार प्रदान गरिएको थियो। फिनालेमा फस्ट रनर अपमा अरबिन्द सिंह र स्वस्तिका राउत तथा सेकेण्ड रनर अपमा दिव्यप्रकाश यादव र अञ्जना खाती चयन हुनुभएको छ ।

समाजमा बढ्दो महिला हिंसा न्यूनिकरण, लागूऔषध मुक्त समाज निर्माण, स्थानीय भाषा, सँस्कृती, धर्म, पहिचान, रहनसहन तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताको फिनाले कार्यक्रममा नेपाल आइडल सिजन (टु) दुईका विजेता रवि ओड तथा चर्चित मैथिल गायक सन्नु कुमारले आफ्नो प्रस्तुति दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤