विकास साह र सुप्रिया मण्डलले जीते मिस्टर एण्ड मिस सिरहाको उपाधि

  • पुस २७, २०७६
  • १०३३ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

सिरहा, पुष २७ गते । सिरहामा भएको मिस्टर र मिस सिरहाका लागि विकास साह र सुप्रिया मण्डलले मिस्टर र मिस सिरहाको उपाधि जितेका छन् । सिरहाको लहानमा शुक्रबार भएको मिस्टर एण्ड मिस सिरहा सिजन (टु) दुईको फिनाले कार्यक्रममा सिरहाका विकास साह र सुप्रिया मण्डलले मिस्टर र मिस सिरहाकाे उपाधि जितेका हुन्।

मिस्टर एण्ड मिस सिरहा सिजन (टु) दुईको कार्यक्रम केएसआर प्रोडक्सन नेपाल प्रालि काठमाडौंको आयोजनामा भएको थियो । उक्त कार्यक्रममा सिरहा नगरपालिका १७स्थित माडर बजार घर भएका विकास साह र लहान नगरपालिकाकी सुप्रिया मण्डल मिस्टर एण्ड मिस सिरहामा घोषित भएका छन् । उक्त प्रतियोगितामा १६ वर्षदेखि २५ वर्ष उमेर समूहका १७ जना युवायुवतीको सहभागितामा कार्यक्रम भएको थियो ।

मिस्टर र मिस सिरहा घोषित साह र मण्डललाई पूर्व शिक्षामन्त्री तथा नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य चित्रलेखा यादवले उपाधि प्रदान गर्नुभएको थियो । मिस्टर र मिस सिरहा दुवै जनालाई ५०–५० हजार राशीको नगद पुरस्कार प्रदान गरिएको थियो। फिनालेमा फस्ट रनर अपमा अरबिन्द सिंह र स्वस्तिका राउत तथा सेकेण्ड रनर अपमा दिव्यप्रकाश यादव र अञ्जना खाती चयन हुनुभएको छ ।

समाजमा बढ्दो महिला हिंसा न्यूनिकरण, लागूऔषध मुक्त समाज निर्माण, स्थानीय भाषा, सँस्कृती, धर्म, पहिचान, रहनसहन तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताको फिनाले कार्यक्रममा नेपाल आइडल सिजन (टु) दुईका विजेता रवि ओड तथा चर्चित मैथिल गायक सन्नु कुमारले आफ्नो प्रस्तुति दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

उपेन्द्र यादवद्वारा ...

जनकपुरधाम, जेठ/२३ । जनता समाजवादी पार्टी, नेपाल कपिलबस्तु कार्यसमितिको एकताको प्रथम जिल्ला अधिव ...

जनकपुरधाममा लोकतान्त ...

जनकपुरधाम, जेठ/२३ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको मधेस प्रदेश कार्यालय जनकपुरधाममा आज पार्टी ...

चेतनामूलक कार्यक्रमक ...

शिव दयाल यादव सिरहा जेठ २३ । कल्याणपुर नगरपालिकामा चेतनामूलक कार्यक्रम, नाटक तथा तालिम जस्ता शीर्षकम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१