ताजा समाचार

कमला किनारमा धर्मशाला निर्माणको लागि ५० लाख दिने साँसद साहको घोषणा

  • पुस २७, २०७६
  • १२३३ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

कमला बचाउ साप्ताहिक अभियान अन्तर्गत शनिबार प्रदेश साँसद किशोरी साहले ५० लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । 

धनुषाको सबैला नगरपालिका –१३ को ढोलबाजास्थित सीताघाटमा जागरण भेलाको क्रममा सम्बोधन गर्दै प्रदेश नं. २ का प्रदेश साँसद साहले सो कमला नदी किनारमा धर्मशाला निर्माणको लागि ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । 


वडा अध्यक्ष भागिरथ महतोको अध्यक्षतामा आयोजित भेलालाई सम्बोधन गर्दै प्रदेश सांसद साहले अभियानप्रति एक्यबद्धता जाहेर गर्नुभयो । ‘आजको वातावरणीय परिवेश र पर्यावरणमा परिरहेको संकटलाई ध्यानमा राखेर सुरु गरिएको यो पवित्र अभियानका अगुवाप्रति हार्दिक आभार प्रकट  गर्दछु’ अभियानका सुत्राधार विक्रम यादवलाई हौस्याउँदै सांसद साहले भने, ‘एक पुस्ताअघिसम्म हराभरा रहेको कमला नदीको दुवै किनार नाङ्गो भएको छ । निश्चित रुपमा स्थानीय बासिन्दामा चेतनाको अभावकै कारण यो परिस्थिति देखिएको हो ।’– उहाँले भन्नुभयो । 

 

कमला किनारका बासिन्दाहरुलाई जागरुक बनाउने उदेश्यले सुरु गरिएको यो अभियानले कमलाको संरक्षणसंगै पर्यावरण पर्यटनको विकासमा समेत टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । अभियानलाई निरन्तरता दिन आग्रह गर्दै उनले सीताघाटस्थित कमला किनारमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि धर्मशाला निर्माण गर्न ५० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभयो । 

 

भेलालाई सम्बोधन गर्दै सबैला नगरपालिकाकी उपप्रमुख निलुदेवी केवटले कमला किनारमा वृक्षारोपण र घेराबेरा गर्न नगरपालिकाको तर्फबाट सहयोग गर्ने बताइन् । करिब डेढ वर्षदेखि चलिरहेको अभियानले स्थानीयमा सकारात्मक सन्देश प्रवाह गरेको चर्चा गर्दै उनले कमलाको बाँधमा वृक्षारोपण गरी उक्त विरुवा हुर्काउन आवश्यक रकम नगरपालिकाले उपलब्ध गराउने बताइन् । यसका लागि स्थानीयको सहयोगको अपेक्षा गर्दै उनले सबै पक्षलाई अभियानमा सहयोग गर्न समेत आह्वान गर्नुभयो । 

अभियानका संयोजक विक्रम यादवले कमलाको उत्पतिदेखिको इतिहासवारे चर्चा गरे । हिन्दु धर्मग्रन्थमा कमलावारे उल्लेखित सन्दर्भको व्याख्या गर्दै यादवले भने, ‘कमला मात्र जलाधार होइन । यो मानव सभ्यताको जननी हो ।’ कमलाबाट सिंचित खेतबारीले उत्पादन गर्ने खाद्यान्नको भरमा जीवन निर्वाह गर्ने मानव जीवनका लागि कमला वरदान रहेको उनले उल्लेख गरे । तर, पछिल्लो समय कमलाको मुहानमै हुन थालेको आक्रमणले तराईदेखि भारतीय भूमिमा पर्ने कृषिकर्मसमेत प्रभावित भएको उनको भनाइ थियो । 

२०७५ सालको कात्तिकमा सुरु गरेको यो अभियानले कमलासंग जोडिएका बस्तीमा एकप्रकारको विचार क्रान्ति ल्याएपनि राज्य जिम्मेवार नहुँदा संरक्षणमा अपेक्षित परिवर्तन नदेखिएको उनको भनाइ थियो । ‘जनस्तरमा हामीले यो अभियानमार्फत कमलाको संवेदनशिलता र पर्यावरण सम्बन्धी चेतना प्रवाह गरिरहेका छौं । तर, सोही अनुरुप राज्यले तदारुकता नदेखाउँदा कमला संरक्षण कार्यमा सार्थक परिणाम देखिन बिलम्ब भइरहेको छ’ उनको भनाइ थियो ।

 
अभियानका सचिव एवं मानव अधिकारकर्मी विनोद महराले सञ्चालन गरेको भेलामा वडा अध्यक्षहरु प्रदिप महतो, कुशेश्वर ठाकुर, नेकपा नेता रोशन यादव (प्रकाश), समाजसेवी फेकन राउत, विनोद पाल, महादेव राउत, विनोद अधिकारी (विपिन), विरेन्द्र यादव, रामनाथ यादव, सञ्चारकर्मी सुरेश यादवलगायत सामाजिक सयौं अगुवाहरुले अभियानको सार्थकतावारे विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤