मगर समुदायलाई राज्यको मुलधारमा ल्याउनुपर्ने , मगर समुदायका अगुवाहरुको कथन

  • पुस २७, २०७६
  • ७४८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय बिश्वकर्मा लहान २७, पौष । मुलुक संघियतामा प्रवेश गरेको भएपनी आदिबासीहरुले आफनो हक आधिकार हाल सम्म पनि पाउन नसकेको नेपाल मगर संघका केन्द्रिय महासचिब ज्ञानेन्द्र पुनः मगरले बताउनु भएको छ । शनिवार सिरहाको धनगडीमाई नगरपालिका वडा नं. १० श्यामपुरमा राष्ट्रिय पर्व माघे सकराती २०७६ को शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको रुमपा बोल्दै उहाँँले देशमा ४० लाख मगरहरुले बसोबास गर्दै आईरहेको भएपनी राज्यबाट बारम्बार अपहेलीत भईरहेको बताउनु भयो । मगरहरुको पहिचान भित्रको आफनै भुगोल , आफनै संस्कृति , आफनै भाषा , आफनै रहन सहन भएकोले त्यसलाई संरक्षण गर्न राज्य कतै न कतै बाट चुकिरहेको दाबी गरे । मगर जातीको कुल जनसंख्या मध्ये करिब दश लाख मगर समुदायलाई आफनो भाषा बोल्न आउदैन भन्द,ै ‘उनले भने भाषा संरक्षण गर्न राज्यको जिम्मेबारी भएकोले जिम्मेबारीबाट नपञ्छीन उनले आग्रह गरे । आदिबासी भित्र सबै भन्दा बढी मगर समुदायहरु रहेको दाबी गर्दै उनले मगरहरुको आफनो छुट्टै ईतिहास र पहिचान रहेकोले पहिचान सहितको संघियताको खाँचो रहेको बताए ।

नेपाल मगर संघ जिल्ला कार्यालय सिरहाको आयोजना र धनगडीमाई नगरपालिका वडा नं. १० टोल श्यामपुरको बिषेश सहयोगमा संचालित कार्यक्रममा आदिबासी जनजाती महासंघ सिरहाका अध्यक्ष डेनोक मोक्तानले देशको तेस्रो जनसंख्याको धनी मगरहरुको संघियतामा सरकारले समेटन नसकेको आरोप लगाए । तेज बहादुर आले मगरले पहिचान सहितको अधिकार स्थापीत गर्न देशमा मुक्ति आन्दोलन बाहेक कुनै पनि बिकल्प नरहेको भन्दै सबै मगरसमुदायलाई एक जुट हुन आग्रह गरे । जिल्ला भरिका मगर समुदायको सहभागिता रहेको कार्यक्रमको उदघोष निर बहादुर आले मगरले गरेका थिए भने कार्य्रक्रम संचालनमा बिषेश सहयोग राजु आले मगरले गरेको आयोजकले जानएको छ । मगर जातीका प्रथम शहिद स्व. लखन थापाको सम्झना गर्दै उनी प्रति मगर समुदायहरुले स– सम्मान समबेदना समेत प्रकट गरेका थिए । कार्य्रकममा जिल्ला भरिका मगरहरुले माघे सकरातीको अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

उपेन्द्र यादवद्वारा ...

जनकपुरधाम, जेठ/२३ । जनता समाजवादी पार्टी, नेपाल कपिलबस्तु कार्यसमितिको एकताको प्रथम जिल्ला अधिव ...

जनकपुरधाममा लोकतान्त ...

जनकपुरधाम, जेठ/२३ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको मधेस प्रदेश कार्यालय जनकपुरधाममा आज पार्टी ...

चेतनामूलक कार्यक्रमक ...

शिव दयाल यादव सिरहा जेठ २३ । कल्याणपुर नगरपालिकामा चेतनामूलक कार्यक्रम, नाटक तथा तालिम जस्ता शीर्षकम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१