शहिदनगर नगरपालिकामा निःशुल्क परिवार नियोजन दर्जन महिला लाभान्वित

  • पुस २५, २०७६
  • ५०७ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम पुस २५ गते । धनुषाको शहिदनगर नगरपालिकामा निःशूल्क परिवार नियोजनको शिविर सम्पन्न भएको छ ।

पुस २३ र २४ गते गरी सँचालन भएको दुई दिने परिवार नियोजन शिविरको क्रममा नगरभरिकी महिलाहरुले सेवा लिएकी हुन् ।

शहिदनगर नगरपालिकाको ९ वटै वडाकी महिलाहरुले सेवा लिएको जानकारी दिइएको छ । दुई दिने शिविरको क्रममा ५ दर्जन बढी महिलाहरु लाभान्वित भएको मेयर उदय कुमार बरबरियाले जानकारी दिएका छन् ।

स्वास्थ कार्यालयको आयोजना तथा सुनौलो परिवार नेपालको प्राविधिक सहयोग तथा शहिदनगर नगरपालिकाको समन्व्यमा शिविर सम्पन भएको हो ।

प्राथमिक स्वास्थ केन्द्र यदुकोहाको प्राँगनमा पुस २३ र २४ गते गरी दुई दिन शिविर सन्चाल भएको थियो । उक्त शिविरमा डा. पंकज प्रताप देव, अनु सिंह ठकूरी, निलाम प्रजापति, तृष्णा बराल, पासंग डोंग तमांग, सृजना कोइली, मनीषा कार्की, दीपक खड्का, रवि मगर लगायतका चिकित्सकको टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

नवराजपुरमा एनसीसी क् ...

रहमुल, लहान ६ पुस । सिरहाको नवराजपुर गाउँपालिका वडा न.४ स्थित जनता नमुना प्राविधिक धार माध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१