ताजा समाचार

अंग्नरेजी नयाँ बर्ष को उपलक्ष मा नेपाल रजक सेवा समाज द्वारा जनचेतना मुलक कार्यक्रम सम्पन्न

  • पुस २४, २०७६
  • १५७४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

पौष २४ बिहिवार  प्रदेश नं. २ को सभासद श्री रबिन्द्र बैठा को प्रमुख अतिथी तथा मिर्चैया नगरपालिका प्रमुख मेयर श्री श्रवण यादव को विशिष्ट अतिथी र जातिय अगुवाहरु तथा समाज का बुद्धिजीवी , समाजसेवीहरु र रजक समुदाय को बिशेष उपस्थिती मा प्रदेश नं. २ को सिराहा स्थित मिर्चैया नगरपालिका-१ मलहनियां पिडारी गाउँ मा नेपाल रजक सेवा समाज द्वारा जनचेतना मुलक कर्यक्रम सम्पन्न भएकोछ। समाज मा दिन प्रतिदिन दाइजोप्रथा , बालविवाह , महिला शोषण , महिला हिंसा र सामाजिक बिकृती का घटनाहरु न्युनिकरण गर्न नेपाल रजक सेवा समाज ले एक विशेष कार्यक्रम गरि नागरिकलाइ सचेत गरएकोछ। समाज ले कार्यक्रम मा सहभागी विशिष्ट लगायत गाउँ का जातिय अगुवा हरुलाइ आयोजक द्वारा एक एक थान गमछा प्रदान गरि सम्मान गरेका थिए। कार्यक्रममा धनुषा का समाजसेवीहरु समेत अतिथिको स्थान ग्रहण गरि जातिय एकता, भेदभाव , सामाजिक कुप्रथा (दहेज प्रथा, बालविवाह ) जस्ता सामाजिक बिकृती मा सुधार ल्याउन आवश्यक रहेको भन्ने आ- आफ्नो मन्तबय राखेका थिए। समाज मा शिक्षा प्रती लक्षित कार्यक्रम ल्याइ शिक्षित समाज निर्माण गर्न आवश्यक रहेको मन्तब्य राखेका थिए। दहेजप्रथा , बालविवाह कानुनी अपराध र सामाजिक अपराध बाट समाज लाई मुक्त गर्न सुझव समेत राखेका थिए।अन्त्य मा आयोजक लाई रजक समाज द्वारा दुई थान आँप को बिरुवा प्रदान गरि बृक्षारोपन गर्दै दहेज मुक्त रजक समाज हाम्रो अभियान । नाराका साथ कार्यक्रम संचालक द्वारा समापन भएको थियो।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤