Siraha Times
ताजा समाचार

अपन मिथिला सेवा समाजको कार्य आफैमा प्रशंसनीय छ : सिडिओ कणेल

  • पुस २३, २०७६
  • ७२१ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम पुस २३ गते ।धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले समाजिक संस्था अपन मिथिला सेवा समाजले गर्दै आएको कार्य आफैमा प्रशंसनीय रहेको बताएका छन् ।

धनुषाको सहिदनगर नगरपालिकामा सोमबार सिलाई कटाई तालिमको उद्घाटन गर्दै सिडिओ कणेलले यस्तो बताएका हुन् । उनले यस संस्थाले समाजिक रुपान्तरणको लागि गर्दै आएको कार्य र प्रयास तारिफयोग्य रहेको भन्दै खुलेर प्रशंसा गरे । सिडिओ कणेलले तालिम सफलताको शुभकामना पनि दिए ।

 

यस्तै, सहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवले पनि संस्थाको तारिफ गरे । उनले अपन मिथिला सेवा समाजले समाजिक रुपान्तरणको अभियानमा ठूलो योगदान पुर्याइरहेको बताए । मेयर बरबरियाले आफ्नो नगरकी महिलालाई स्वाबलम्बी बनाउन तालिम आयोजना गरेकोमा संस्थालाई धन्यवादसमेत दिए । 

देश परिवर्तनको दिशामा अग्रसर रहेको भन्दै उनले रुपान्तरणको अभियानमा सबैको सहभागिता आवश्यक रहेको बताए । संस्थालाई आगामी दिनमा चाहिने हरेक प्रकारको सहयोग आफूबाट हुने प्रतिवद्धतासमेत उनले जनाए ।

सोमबारबाट शदिनगरको ९ वटै वडमा विधिवत् सुरु भएको सिलाई कटाई तालिम तीन महिनासम्म चल्नेछ । तालिममा सबै वडामा १०-१० वटा मेसिन दिइएको छ भने ३०-३० जना महिला सहभागी छन् ।

समाजिक संस्था अपन मिथिला सेवा समाजले जनही ३ हजार लिएर प्रदेश २ को विभिन्न जिल्लाका पालिकाहरुमा महिलाहरुलाई तालिम दिँदै आएको छ । तीन महिनापछि तालिम समाप्ति समयमा तालिम लिएकी महिलाहरुलाई संस्थाले निःशुल्क सिलाई मेसिन प्रदानसमेत गर्दै आएको छ । पछिल्लो समय तालिम तथा मेसिन वितरण कार्यलाई संस्थाले तीव्रता दिएको छ ।

 

अपन मिथिला सेवा समाजले कतैको अनुदानबाट नभई बैदेशिक रोजगारीमा रही यस संस्थासँग आवद्ध रहेकाहरुको आर्थिक सहयोगमा समाजिक कार्य गर्दै आएको हो । संस्थाले बेला बेला गरिब तथा विपन्नलाई आर्थिक सहयोग पनि गर्दै आएको छ ।

 

तालिम उद्घाटन कार्यक्रममा सिडिओ प्रदीपराज कड़ेलसहित मेयर उदय बरबरिया, धनुषाको एसपी रमेश बस्नेत, सशस्त्रका एसपी राजेश उप्रेती, सहिदनगरका प्रमुख प्रसाशकीय अधिकृत नन्द कुमार झा लगायत, वडाअध्यक्ष रामदेव मरिक, तनुकलाल कुसियत, जैसी भिन्बार, ललिता लाभ, अपन मिथिला सेवा समाजका केन्द्रिय अध्यक्ष मंसाराम यादव, उपाध्यक्ष भरथ चोधरी यादव, कोषाध्यक्ष सतिश कापड, सचिव पप्पु मिश्रा, जिल्ला सुपर भाइजर उमेश ठाकुर लगायतका सरिक थिए ।source:enewsbureau

 

 

प्रतिक्रिया दिनुहोस

असिना–हावाहुरीले मकै ...

रहमुल काठमाडौं, २३ वैशाख । पछिल्ला केही दिनदेखि देशका विभिन्न क्षेत्रमा परेको वर्षा र हावाहुरीले मकै ...

कुपोषण न्यूनीकरण र स ...

रहमुल, लहान २४ । वैशाख पोषणयुक्त समाज निर्माण तथा कुपोषण न्यूनीकरणका विषयमा केन्द्रित पालिका स्तरीय ...

लाहानमा चोरको बिगबिग ...

लहान, वैशाख २३ । सिरहाको लहान नगरपालिका क्षेत्रमा पछिल्लो समय चोरीका घटनाहरू तीव्र रूपमा बढिरहेका बे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१