ताजा समाचार

सीपमूलक तालिम मार्फत नगरकी महिलालाई स्वरोजगार बनाउँछौ : मेयर बरबरिया

  • पुस २३, २०७६
  • १२०० पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले नगरकी महिलाहरुलाई स्वरोजगारीको बाटोमा उन्मुख गरेको बताउनुभएको छ । 

शहिदनगर नगरपालिकाको विभिन्न वडामा सँचालन भएको सिलाई कटाई तालिमको उदघाटन सत्रमा मेयर बरबरियाले गरिब, विपन्न, अल्पसँख्यक, सीमान्तकृत समुदायलाई स्वरोजगार बनाउनको लागि घरेलु कामकाजको तालिम सुरुवात गरिएको बताउनुभयो । 

 

नगरपालिकाको वडा नं. ८ मा सिलाई कटाई तालिमलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले

 रिबन काटेर उदघाटन गर्नुभयो । सिलाई कटाई तालिमलाई उदघाटन गर्दै प्रजिअ कणेलले स्थानीय स्तरमै स्वरोजगार उत्पन्न भई महिलाहरुले आफ्नो मिहिनेतमा घर चलाउन सजिलो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिलाई कटाई तालिमको माध्यमबाट गाउँ टोलमै स्वरोजगारीको अवसर समेत मिल्ने बताउनुभयो । 

गरिबी र विपन्नतालाई हटाउनको लागि नगरपालिकाद्धारा गरिएको तालिममा सहभागी महिलाहरुलाई एक महिनासम्म राम्ररी सिकाईलाई उकास्न आग्रह गर्नुभयो । सिलाई कटाई तालिमबाट पनि गरिबीको रेखामुनी रहेका समुदाय वा परिवारले जिवन धान्न एउटा औजार समेत बन्ने बताउनुभयो । तालिम एक महिनासम्म निरन्तर चल्नेछ । 

सो उदघाटन कार्यक्रममा जिल्ला प्रहरी धनुषाका प्रमुख, ससस्त्र प्रहरी प्रमुख, अभियाणी ललिता लाभ, रेलवे ट्रैक सरसफाई अभियन्ता तथा स्वक्षता अभियानी दिपक कुमार चौधरी, महिला अभियाणी रूबी झा, शाहिद नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमुख नन्द कुमार झा, रेडक्रॉस प्रमुख नरेश सिंह, मिथि फाउंडेशन तथा क्भ्ध्ब् को पदाधिकारी लगायत सयौंको संख्यामा  स्थानीयबासीहरुको सहभागीता रहेको थियो ।source:enewsbureau

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤