बलान बिहुल गाउँपालिकामा स्वास्थ्य चौकीको उदघाटन

  • पुस २२, २०७६
  • ८६२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ,२२ पौष । सप्तरीको बलान बिहुल गाउँपालिकामा स्वास्थ्य चौकीको मंगलवार उदघाटन भएको छ । मल्हनियाँ वडा नं. १ मा रहेको स्वास्थ्य चौकीको जग्गा दाता डा.चन्द्र नारायण यादबका आमा गुलाब देबी यादबले बिधिबत रुपमा उदघाटन गरेको थियो । नव निर्मित दुई तल्ले भवनमा चार कोठा , तिन काउन्टर, महिला पुरुषका लागी लागी दश वटा शौचालय र दुई वटा क्वाटर रहेको छ । सघन शहरी विकास कार्यालय सप्तरीको सहयोगमा सो भबनको निर्माण भएको थियो । गुलाव देबि यादबले सात कट्ठा जग्गा दान गरेकोले उहाँको हातबाट उदघाटन भएको गाउँपालीका अध्यक्ष दयानन्द गोईतले जानकारी दिनुभएको छ । बलान बिहुल गाउँपालिकाका वडा नं. १ देखि ६ सम्म र सुरुङ्गा नगरपालिकाका केहि वडाका सेवा गा्रहीहरु लाभान्बित हुने सो अस्पालमा दरबन्दी अनुसार कर्मचारीहरु मध्ये १ जना अहेबको कमी रहेको अस्पताल श्रोतले जनाएको छ । अस्पताल श्रोतका अनुसार एच.ए. एक जना , सिनियर अहेब दुईजना , अहेब एक जना , अनमी दुईजना, एक जना कार्यालय सहयोगिको अस्पतालमा दरबन्दी रहेको छ । अस्पतालमा सुत्केरी सेवाका साथै , स्वास्थ्य चौकीमा दिने सम्पुर्ण सेवा प्रदान गरिने बलान बिहुल गाउँपालिकाका स्वास्थ्य संयोजक मो. नसिम राईनले बताए । गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतको अध्यक्षतामा संचालित कार्यक्रममा उपाध्यक्ष रुबि गुप्ताले ब्यानर पढेर उदघाटन गरेका थिए ।

उदघाटन कार्यक्रममा जिल्ला जन स्वास्थय कार्यलय सप्तरीका प्रमुख दुनियालाल यादब , प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापा , लेखा अधिकृत कमलेश कुमार साह , साहयक लेखापाल शुभाषलाल कर्ण , योजना अधिकृत रमेश मरिक यादब , आई टि अफिसर सुरेन्द्र यादब , स्वास्थ्य सह- संयोजक चन्दिलाल साफी , प्रबिधिक संतोष कुमार रजक, वडा नं. १ का वडा अध्यक्ष बैजनाथ यादब लगायत वडा नं. ६ सम्मका वडा अध्यक्ष , वडा सदस्य , कार्यपालिका सदस्यहरु, स्थानिय नागरीक समाज , पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

प्रेस मञ्च नेपाल मधे ...

ओम प्रकाश यादव लहान, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१