ताजा समाचार

बलान बिहुल गाउँपालिकामा स्वास्थ्य चौकीको उदघाटन

  • पुस २२, २०७६
  • ९८९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ,२२ पौष । सप्तरीको बलान बिहुल गाउँपालिकामा स्वास्थ्य चौकीको मंगलवार उदघाटन भएको छ । मल्हनियाँ वडा नं. १ मा रहेको स्वास्थ्य चौकीको जग्गा दाता डा.चन्द्र नारायण यादबका आमा गुलाब देबी यादबले बिधिबत रुपमा उदघाटन गरेको थियो । नव निर्मित दुई तल्ले भवनमा चार कोठा , तिन काउन्टर, महिला पुरुषका लागी लागी दश वटा शौचालय र दुई वटा क्वाटर रहेको छ । सघन शहरी विकास कार्यालय सप्तरीको सहयोगमा सो भबनको निर्माण भएको थियो । गुलाव देबि यादबले सात कट्ठा जग्गा दान गरेकोले उहाँको हातबाट उदघाटन भएको गाउँपालीका अध्यक्ष दयानन्द गोईतले जानकारी दिनुभएको छ । बलान बिहुल गाउँपालिकाका वडा नं. १ देखि ६ सम्म र सुरुङ्गा नगरपालिकाका केहि वडाका सेवा गा्रहीहरु लाभान्बित हुने सो अस्पालमा दरबन्दी अनुसार कर्मचारीहरु मध्ये १ जना अहेबको कमी रहेको अस्पताल श्रोतले जनाएको छ । अस्पताल श्रोतका अनुसार एच.ए. एक जना , सिनियर अहेब दुईजना , अहेब एक जना , अनमी दुईजना, एक जना कार्यालय सहयोगिको अस्पतालमा दरबन्दी रहेको छ । अस्पतालमा सुत्केरी सेवाका साथै , स्वास्थ्य चौकीमा दिने सम्पुर्ण सेवा प्रदान गरिने बलान बिहुल गाउँपालिकाका स्वास्थ्य संयोजक मो. नसिम राईनले बताए । गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतको अध्यक्षतामा संचालित कार्यक्रममा उपाध्यक्ष रुबि गुप्ताले ब्यानर पढेर उदघाटन गरेका थिए ।

उदघाटन कार्यक्रममा जिल्ला जन स्वास्थय कार्यलय सप्तरीका प्रमुख दुनियालाल यादब , प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापा , लेखा अधिकृत कमलेश कुमार साह , साहयक लेखापाल शुभाषलाल कर्ण , योजना अधिकृत रमेश मरिक यादब , आई टि अफिसर सुरेन्द्र यादब , स्वास्थ्य सह- संयोजक चन्दिलाल साफी , प्रबिधिक संतोष कुमार रजक, वडा नं. १ का वडा अध्यक्ष बैजनाथ यादब लगायत वडा नं. ६ सम्मका वडा अध्यक्ष , वडा सदस्य , कार्यपालिका सदस्यहरु, स्थानिय नागरीक समाज , पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤