Siraha Times
ताजा समाचार

जनकपुरमा मेयरका कार्यकर्ताद्वारा पत्रकारमाथि हातपात

  • पुस २२, २०७६
  • ७२३ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा मेयरका कार्यकर्ताले सञ्चारकर्मीहरुमाथि हातपात गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको नेतृत्वमा पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल कुमार मिश्र, देशसञ्चार डटकमका संवाददाता राजा झा, कान्तिपुर दैनिकका संवाददाता अमरकात्न ठाकुुर, एबिसी टेलिभिजनका सुमित मिश्र, सुभाष कर्णसहित एक दर्जन पत्रकारहरुमाथि हातपात गरेका हुन् ।

कुटपिटबाट कान्तिपुर दैनिकका संवाददाता अमरकान्त ठाकुरलाई गम्भीर चोट लागेको छ ।

मेयर र उनका सहयोगीहरुले पत्रकारहरुमाथि हेलमेटले समेत आक्रमण गरेका छन् । पत्रकारहरु मेयरको बाईट लिन उनको कार्यकक्षमा गएको बेला जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रहरीहरुले अचानक सञ्चारकर्मीहरुमाथि आक्रमण गरेका छन् । उनीहरुले सञ्चारकर्मीहरुको क्यामरा, मोवाइल लगायतका सञ्चारसामग्रीहरु समेत खोसेका छन् ।

प्रतिक्रिया दिनुहोस

विश्व भलिबल दिवस विभ ...

ओम प्रकाश यादव लहान, असार २३ । "राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" तथा "खेली मधेस, जिति ...

रौतहट प्रहरीले एक रा ...

रामअधार यादव, रौतहट अषाढ २३ गते । प्रहरीका अनुसार गरुडा नगरपालिका–५ झाझपुलस्थित गौतम सहनीले सञ ...

अदालतको ताकेता हुँदा ...

रन्जित चौरसिया वीरगंज २३ असार । बारा जिल्लाको कलैया उपमहानरपालिका वडा नं. २३ निवासी धर्मराज महतोको छ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१