सिरहाको नरहा गाउँपालिकाको आयव्यय पत्रकार समेलगरि गरे सार्वजनिक

  • पुस २२, २०७६
  • ५३३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा २२ पौष। सिरहाको नरहा गाउँपालिकाले दुई आर्थिक वर्षको आय व्यय सार्वजनिक गरेको छ । गाउँपालिकाले पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ को आयव्यय सार्वजनिक गरेको हो । गाउँपालिकामा निर्वाचित जनप्रतिनिधी सहित विपक्षी नेपाली काँग्रेस लगायतले आर्थिक पारदर्षिताको माग गर्दै आन्दोलन गर्दै आएको छ । गाउँपालिका अध्यक्ष रामशरण यादवले दुई आर्थिक वर्षको आयव्यय सार्वजनिक गरिएको र कुनै प्रकारको अनियमितता नगरेको दाबी गरेको छ । अध्यक्ष यादवले भने,‘कुनै प्रकारको अनियमितता भएको छैन् । खर्चको विवरण सार्वजनिक गरेको छु । तर विपक्षीहरु बैंक स्टेटमेण्ट लगायतका अनावश्यक बहानामा आन्दोलन गरिरहेको छ ।’ ‘विपक्षीहरुले पारदर्षिताको माग गर्दै आएको छ । हामीले आज पत्रकार सम्मेलन गरी हरहिसाब सार्वजनिक गरेका छौं,’ गाउँपालिका अध्यक्ष यादवले बताए । आर्थिक वर्ष २०७४/०७५ मा २१ करोड ९६ लाख १ हजार ८४३ मध्ये १७ करोड ३६ लाख ३१ हजार ९७८ रुपैयाँ खर्च भएको विवरण पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १९ करोड ६४ लाख ९९ हजार ३८४ मध्ये १५ करोड ७० लाख ७८ हजार ६ सय खर्च भएको नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमिन्त्रा लामाले बताईन् । चालू आर्थिक वर्ष २०७६/०७७ को ६ महिना वित्न लाग्दा पनि नरहा गाउँपालिकाको सभा हुन सकेको छैन् । चालू आर्थिक वर्ष २०७६/०७७ मा २८ करोड ३ लाख ८९ हजार ९२ रुपैयाँ विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस

बलान विहुल युवा सञ्ज ...

ओम प्रकाश यादव, लहान, साउन २१। सप्तरीको बलान विहुल गाउँपालिका–१, मल्हनियाँमा बलान विहुल युवा स ...

अर्नमा गाउँपालिका २ ...

ओम प्रकाश यादव लहान साउन २१ । जनता समाजवादी पार्टी नेपाल (जसपा) सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर ...

भगवानपुर वन नर्सरीबा ...

ओम प्रकाश यादव लहान, साउन २०। डिभिजन वन कार्यालय लहान अन्तर्गत सिरहाका १७ मध्ये १५ वटा स्थानीय तहमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१