ताजा समाचार

शहिदनगरमा बिपन्न ६० परिवारलाई न्यानो कपडा एवम खाद्यान्न सामग्री बितरण

  • पुस २१, २०७६
  • १८४५ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम पुस २१ गते : धनुषाको शहिदनगर नगरपालिकाका ६० जना विपन्न घरपरिवारका व्यक्तिहरुलाई न्यानो कपडा एवं खाद्यान्न सामग्री वितरण गरिएको छ ।

शहिदनगर नगरपालिका वड़ा नम्बर–६ हट्ठिपूरमा कामाख्या परिवार नेपालको आयोजना एवं जिल्ला प्रशासन कार्यालय धनुषा तथा शहिदनगर नगरपालिकाको बिशेष समन्वय र मिथि फाउण्डेशन तथा रेल्वे ट्रयाक सरसफाइ अभियानीहरुको सहकार्यमा विपन्न बर्गका व्यक्तिहरुलाई न्यानो कपड़ा एवं खाद्यान्न सामग्री बाँडिएको हो ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल,शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया,उपमेयर शिला देवी कापर,कामाख्या परिवार नेपालका अध्यक्ष बिभास लाभ,जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेत,सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती,कामाख्या परिवार नेपालकी सचिव ललिता लाभ,अभियन्ता रूबी झा, दिपक कुमार चौधरी,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा लगायत दजनौं संख्यामा नागरिक समाज,स्थानीयवासीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤