ताजा समाचार

बाल विवाह एबम् दाइजो उन्मूलन को लागी बाल बालिका शिक्षा अभियान

  • पुस २१, २०७६
  • १७४८ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

सिरहा ,पुस २१ गते । बाल विवाह एबम् दाइजो प्रथा उन्मूलनको लागि गरीब तथा दलित ( मुसहर, चमार, डोम , हल्खोर) लगायतका बालबालिकालाई शिक्षामा पहुँच पुर्याउने उदेश्यले बाल विवाह एबम् दाइजो मुक्त नेपालले छात्रवृति अभियान सञ्चालन गरेका छन्, उक्त अभियानमा सहयोग र साथ दिनको लागि सम्पूर्ण पक्षहरू संग अभियान हार्दिक अनुरोध गर्दछ। नेपालमा सबै भन्दा बढी बाल विवाह हुने समुदाय नै मुसहर, चमार, डोम, हलखोर हो र यसको प्रमुख कारण गरिबी र अशिक्षा हो , गरिबीको कारणले गर्दा सानो उमेरमै बिहे गरियो भन्ने दाइजो कम दिनु पर्छ भन्ने मनसाय ले सानै उमेरमामा आफ्ना छोराछोरीको को बिहे गर्दिन्छ जसका कारणले उनीहरू शिक्षा बाट वञ्चित हुन्छन्, त्यस्तो समुदायलाई लक्षित गरी बाल विवाह एबम् दाइजो मुक्त नेपाल, राष्ट्रिय अभियानले पढ्न चाहने बालबालिकालाई शिशु कक्षा देखि उच्च कक्षा सम्म पूर्ण छात्रवृति दिने अभियान सञ्चालन गरेको छ, उक्त छात्रवृति लिन चाहने बालबालिका र अभिभावकले अभियानले तोकेको शर्त मान्नु पर्ने हुन्छ । छात्रवृत्तिको शर्तहरू यसप्रकार छन्: १. अति गरीब तथा अति विप्पन बालबालिका र अभियानले तोकेको जातिको बालबालिकाले मात्र छात्रवृति पाउने । २. छात्रवृति पाउने बालबालिका नियमित विद्यालय जानु पर्ने हुन्छ । २. २० वर्ष नपुगी आफ्नो तथा आफ्नो परिवारमा(दाई , भाई, दिदी, बहिनी) कसैको विवाह नगर्ने। ३. आफ्नो तथा आफ्नो परिवारको बिहेमा दाइजोको लेनदेन नगर्ने । ४. बाल विवाह तथा दाइजो लेनदेनको बिहेलाई बहिस्कार गर्ने र त्यसको भोज भतेर मा शामिल पनि नहुने। बाल विवाह एबम् दाइजो मुक्त नेपाल राष्ट्रिय अभियानले छात्रवृति दिने मुख्य उदेश्य नै बाल विवाह र दाइजो कुप्रथा उन्मूलन गर्नु हो ।।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤