ताजा समाचार

सिरहाको लक्ष्मिपुर पत्तारीमा चिसो प्रभावितहरुलाई कम्बल वितरण

  • पुस १५, २०७६
  • ६८८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १५ , पौस । सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नं.– १ मा मंगलबार कम्बल वितरण गरेको छ । चिसो वाट बँच्नका लागी रामपुर पिप्रा टोलका १ सय ७५ जना बिपन्न वर्ग समुदायहरुलाई कम्बल वितरण गरिएको वडा नम्बर १ का वडा सचिब घुरण यादबले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष राम बल्लभ साहको प्रमुख आतिथ्य र वडा अध्यक्ष मनिकलाल यादवको अध्यक्षतामा कम्बल वितरण गरिएको हो । गाउँपालिका स्तरिय विपद ब्यबस्थापन समितिको बैठकको निर्णय अनुसार चिसो प्रभावित विपन्नहरुको पहिचान तथा राहत प्रदान सम्बन्धी मापदण्ड अनुरुप कम्बल वितरण गरिएको वडा अध्यक्ष मनिक लाल यादवले जानकारी दिनुभयो । समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी महेशपुर पत्तारी द्धारा बास्तबिक चिसो प्रभावित अतिविपन्न , गरिब समुदायका मानिसहरुको पहिचानमा सहयोग गरेको प्रहरी चौकी महेशपुर पत्तारीका प्र. स. नि. अमर यादबले बताए । निरिक्षक यादबका अनुसार प्रहरी र समुदाय बिच सुमधुर सम्बन्ध कायम गर्न हरेक हिसाबले प्रहरी प्रतिबद्ध रहेकोले चिसो प्रभाबितहरुको नामावली छनौटमा प्रहरीको सहयोग रहेको उनले जानकारी दिए । प्रमुख अतिथिको रुमपा बोल्दै गाउँपाकिला अध्यक्ष साहले भने कम्बल बितरण कार्यक्रम राहतको रुपमा मात्र रहेकोले कम्बल पाउनबाट बञ्चित भएकाहरुलाई दुःख नमान्न उनले आग्रह गरे । वडाबासी सम्पुर्णलाई कम्बल वितरण कार्यमा सहयोग गर्न आग्रह गर्दै अध्यक्ष साहले भने गाउँपालिकाको वडा नं. १ , र ४ मा कम्बल वितरण भैसकेकोले बाँकी वडाहरुमा एकरुपताको हिसावले १ सय ७५ को दरले कम्बल बितरण गर्ने योजना रहेको उनले सुनाए । कम्बल वितरण कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष हनुमान मण्डल , कार्यपालिका सदस्यहरु , स्वास्थ्य चौकी ईन्चार्ज , समाजसेबी , बुद्धीजिबी लगायतको सहभागिता रहेको थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤