ताजा समाचार

धनुषाका विभिन्न क्षेत्रमा उत्कृष्ट कामकाज गर्ने अधिकृत संगमद्वारा सम्मानित

  • पुस १२, २०७६
  • २१०९ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम ,पुस १२गते ।प्रदेश नंं २ का प्रदेश प्रमुख लितक परियारले सार्वजनिक सेवामा क्रियाशील रहेका कर्मचारीहरुले समाजमा राम्रो कामकाज गर्नेलाई सम्मान गर्ने कार्यको शुरुआत गर्नु निक्कै सकारात्मक भएको बताउनु भएको छ । अधिकृत संगम धनुषाको १२ औं आधारण सभा तथा सम्मान कार्यक्रमको आज जनकपुरधाममा उद्घाटना गर्दै कार्यालय तथा पालिकामा राम्रो गर्नेलाई छनौट गरेर सम्मान गर्दा सार्वजनिक सेवामा अझै प्रभावकारीता आउने विश्वास व्यक्त गर्नु भयो । उहाले राष्ट्र सेवकहरु जहिले पनि निष्पक्ष भएर पदीय दायित्व निर्वाह गर्नु पर्ने धारणा राख्दै अधिकृत संगम धनुषाले पनि यस्तै राम्रो कामकाज गर्नेलाई सम्मानित गरेकोमा खुशी व्यक्त गर्नु भयो । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले अधिकृत संगमले समाज तथा कार्यालयमा राम्रो कामकाज गर्ने कर्मचारीको छनौट गरेर सम्मानि गरेकोमा बधाई ज्ञापन गर्दै अगामी दिनमा राम्रो कामकाज गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाले कर्मचारी प्रशासन राज्यको स्थायी सरकार भएकोले सरकारको सफलता तथा असफलतमा कर्मचारीको निक्कै ठूलो महत्व हुने बताउनाु भयो । उहाले कर्मचारीको हक हितका लागि गठन भएका संगमले सामाजिक क्षेत्रमा पनि कामकाजको थालनी तथा अरु कामकाज गर्ने शोच लिनु निक्कै सकारात्मक भएको बताउनु भयो । अधिकृत संगम धनुषाका कार्यवाहक अध्यक्ष अजय कुमार झाको अध्यक्षतामा भएको सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पंजियार, शहिद नगरनगरपालिकाका प्रमुख उदय बरबरीया यादवले नगरको विकास निर्माणका साथै, सामाजिक, आर्थिक क्षेत्रको विकासका लागि गर्नु भएको योगदानको कदर गर्दै सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मानित गरिएको छ । यसै गरि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, प्रादेशिक अस्पताल जनकपुरको विकासका लागि खेल्नु भएको भूमिकाका लागि अस्प्तालका मेडिकल सुपरिटेण्डेन्ट डा. नागेन्द्र यादव, डिभिजन वन कार्यालयका प्रमुख अशोक कुमार झा, पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. शम्भु साह, खाद्य तथा पोषण सुधार आयोजना ईकाई धनुषाका प्रमुख सुकेश्वर झा, राष्ट्रिय वाणिज्य वैंक भानु चौक शाखाका प्रबन्धक रञ्जिता झालाई पनि दोसल्ला तथा सम्मनपत्र प्रदेश प्रमुख परियार तथा मुख्यमन्त्रीले प्रदान गरेर सम्मानित गर्नु भयो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामरतन मिश्र, पूर्व अध्यक्षहरु प्रहलाद पोखरेल तथा सम्पत्त घिमिरेलाई पनि दोसल्ला तथा कदरपत्र प्रदान गरेर प्रदेश प्रमुख परियार तथा मुख्यमन्त्री राउतले सम्मानित गर्नु भएको थियो । यसै गरि संस्थाको बन्द शत्रवाट संस्थाको विधान परिमार्जन गर्दै १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा दानीकान्त झा, बरिष्ठ उपाध्यक्षमा अजय कुमार झा, उपाध्यक्षमा रञ्जिता झा, सचिवमा गणेश मिश्र, सह–सचिवमा शत्रुधन ठाकुर, कोषाध्यक्षमा प्रमोद घिमिरे, सदस्यहरुमा धर्मचन्द्र जोशी, पुर्णेन्द्र पाण्डे, डा. सीमा झा, कन्हैया मिश्र, दिपक कुमार मिश्र, सुरेश कुमार शर्मा, ताहिर हुसेन सर्वसम्मतिले निर्वाचित हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤