ताजा समाचार

वडाद्धारा अति बिपन्न बस्तिमा कम्बल वितरणका साथै घुरको ब्यबस्था गर्ने निर्णय

  • पुस ११, २०७६
  • ६३७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १२ , पौष तराईमा बढदै गएको शितलहरको मध्यनजर गर्दै सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ६ भोक्राहामा भोली शनिबार कम्बल वितरण गर्ने निर्णय गरेको छ । वडा अध्यक्ष मोतिवुल राईनका अनुसार वडा नं. ६ भोक्राहाका अतिबिपन्न परिवारहरुलाई पहिलो चरणमा २५ थान कम्बल बितरण गर्ने निर्णय गरेको बताए । साविक गाबिस वडा नं. १ देखि ९ सम्म दलित , गरीब बस्तिहरुको १५ ठाउँमा आगो (घुर) बाल्ने निर्णय समेत भएको अध्यक्ष राईनले जानकारी दिए । यसैबिच सोहि वडामा गएको बिहिबार भान्सा नै औषधालय विषयको एक दिने अभिमुखिकरण कार्यक्रम संचालन भएको छ । वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ सिरहा शाखाको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम भएको महासंघका जिल्ला अध्यक्ष मो. अब्दुल अदुपले जानकारी दिनुभयो । प्राकृतीक रुपमा जिवन यापनका लागी दैनिक उपभोग्य बस्तुहरु विधि पुर्वक भान्सामा प्रयोग गरेमा बिभिन्न रोगबाट मुक्त गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको थियो । आयोजकका अनुसार स्थानिय तहसंगको समन्वयमा सिरहा जिल्लाका हरेका स्थानिय तहको टोल टोलमा सो अभियानको थालनी गर्ने समेत बताए । कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष रोमलाल गिरी , कोषध्यक्ष ईन्दीरा थापा , वडा अध्यक्ष मोतिबुल राईन लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित स्थानिय वडाबासीहरुले महासंघ संग भान्सा नै औषधालय बिषयमा कम्तिमा ७ दिनको तालिम दिनुपर्ने माग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤