Siraha Times
ताजा समाचार

शहिदनगरमा सयौ जनाले अन्य पार्टी परित्याग गर्दै नेकपामा गरे प्रवेश

  • पुस ८, २०७६
  • ११५१ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

धनुषा, ०७६ पुस ८ गते ।
धनुषाको शहिदनगर नगरपालिकामा सयौ जनाले अन्य पार्टी परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा) प्रवेश गरेका छन् । शहिदनगर नगरपालिका वडा नं. ८ नाथपटीका वडा अध्यक्ष तथा प्रस्तावित जिल्ला कमिटी सदस्य तनुकलाल कुसैयत यादवको अध्यक्षता तथा नेकपाका केन्द्रिय सदस्य समेत रहेका धनुषा जिल्ला इन्चार्ज जोग कुमार बरबरिया यादवको नेतृत्वमा सयौ जनाले नेकपा पार्टी प्रवेश गरेका हुन् ।


पार्टी प्रवेश कार्यक्रममा नेकपामा धनुषा अध्यक्ष राज किशोर यादव, शहिदनगर नगरपालिका मेयर उदय बरबरिया यादव, प्रस्तावित जिल्ला कमिटी सदस्यहरु सुरेश कापर , हल्खोरि कापर , रामकिशोर पासवान , रामदियाल दासको उपस्थिती रहेको थियो ।
पार्टी प्रवेश गर्नेहरुमा समाजवादी पार्टीका धर्मनाथ राउत यादव, मुद्रिका चौधरी, जयप्रकाश चौधरी, कलामुदिन राइन, राजकुमार महरा, श्रीप्रसाद राउत यादव, मोहन राउत यादव, किसुन मंडल, विसुन मंडल, भोला राउत, सहमद नदाफ, जलाउदिन नदाफ अमर यादवलगायतका सयौ जनाले पार्टी प्रवेश गरेका छन् ।
नेपाली काग्रेसबाट नेकपामा प्रवेश गर्नेहरुमा बलराम राउत यादव, राम यादव, श्री बनरैत यादव, पशुपति यादव, रामसोभित यादव, तसलिम शेख, कासिम मंसुर, लालवावु गौइत शिवर गोइतलगायतका सयौ जनाले नेकपा प्रवेश गरेको युबा नेता रुपेश बिराजिले जानकारी दिएका छन् ।
नव प्रवेशीहरुलाई प्रमुख अतिथि श्रवण बरबरिया यादव, बिशिष्ट अतिथि राजकिशोर यादव, मेयर उदय बरबरिया यादवले फुलमाला र अविर लगाएर पार्टी प्रवेश गराउँदै स्वागत गरेका थिए ।


पार्टी प्रवेशको अवसरमा आयोजित कार्यक्रममा शहिदनगरनगरपालिकाका वडा अध्यक्षद्धय जैसी भिन्बार यादव , रामएकबाल मंडल , वडा सदस्यहरु शिवकुमार गोहिबार, राकेश यादव, बीरेन्द्र मंडल, तेतर यादव, रामबृक्ष मंडल, उर्मिला मलिक , हदिसनी खातुन, काला देवी दास, सुकनी माझी ,युबा नेता हरु सुरेन्द्र राई , सुलोचन यादव , भोला यादव , नथु यादव , राजकुमार यादव , कुशेश्वर पासवान, रामकुमार यादव , मुक्ति साह , बिजय मंडल लगायतका हजारौको संख्यामा कार्यकताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१